फेरि थपिए ८३८ जना कोरोना संक्रमित, कूल संख्या नाघ्यो ३० हजार

काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर क्वारेन्टिन १२ हजार २ सय ३४ जना क्वारेन्टिनमा रहेका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ।

Loading...