एजेन्सी । अफ्रिकी देश मालीमा ‘सैन्य कू’ को प्रयासमा सुरक्षाकर्मीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्धक बनाएका छन्।
राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
काती क्याम्पमा माथिल्लो तहको आदेश मान्न अस्वीकार गरेका सैनिकले नियन्त्रण कायम गरेका थिए। मालीका सैनिकमा पारिश्रमिकलाई लिएर आक्रोश छ । यस्तै बिद्रोहीसँग लगातार बढ्दै गएको हिंसा तथा राष्ट्रपतिसँग पनि सैनिक असन्तुष्ट रहेका छन् ।
सैनिकले मंगलबार आदेश मान्न अस्वीकार गरी राष्ट्रपति, प्रधानमन्त्रीसहितलाई नियन्त्रणमा लिएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ ।