अदालत परिसरबाटै पूर्व सांसद गिरफ्तार

विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टीकी पोलिटब्यूरो सदस्य एवम् मेची कोशी कमाण्ड ईन्चार्ज उमा भुजेल अदालत परिसरबाटै गिरफ्तार परेकी छन् । पूर्व सांसद समेत रहेकी भुजेललाई मंगलबार साँझ सुनसरी प्रहरीले जिल्ला अदालतको परिसर बाटै पक्राउ गरेको हो ।

अदालतको आदेशबाट रिहा भएलगत्तै उनी पक्राउ परेकी हुन् । उनी संगै सोही पार्टीका झापा जिल्ला ईन्चार्ज सुमन सिंह पौडेललाई पनि पुनः पक्राउ गरिएको छ ।

नेता भुजेल र पौडेललाई राज्य विरुद्धको कसुर, हातहतियार तथा खरखजना र संगठित अपराध निवारण ऐन अन्तर्गतको कसुर मुद्धामा सुनसरी जिल्ला अदालतले मुद्धाको पुर्पक्षको क्रममा मंगलवार सादा तारिखमा रिहा गर्ने आदेश जारी गरे लगत्तै अदालत परिसरबाटै पुन गिरफ्तार गरिएको हो ।

पक्राउ पुर्जी विनै गिरफ्तार गरिएका भुजेल र पौडेललाई अहिले कुन कसुरमा कहाँ लगिएको छ भन्ने बारेमा कुनै जानकारी नभएको भन्दै उनीहरुका कानून व्यवसायी अधिवक्ता कला त्रितालले संविधानले प्रदान गरेको मौलिक हक विपरित पक्राउ पूर्जी समेत नदिई गिरफ्तार गर्नु मानव अधिकार र कानूनी राज्यको उपहास भएको बताइन ।

Loading...