मजदुर नेता गौतमको बोल्दाबोल्दै निधन, कारण यस्तो

रुपन्देही । रुपन्देहीमा उद्योगहरूमा गरिएको विद्युत् कटौतीविरुद्ध आयोजित विरोधसभामा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको निधन भएको छ। ६४ वर्षीय गौतमले बुटवलमा आयोजित कार्यक्रममा सरकारको निर्णयले २५ हजार मजदुरको रोजीरोटी संकटमा परेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। “हामी ती २५ हजार श्रमिकको रोजीरोटी गुमाउन चाहन्नौं, अतः यो कारणले…” यति भन्नासाथ उनी मञ्चमै […]

सोल्टी होटलको लाभांश घोषणा

काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर सहित १६.५७ प्रतिशत नगद गरी जम्मा ३१.५७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न होटलले मंसिर २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा त्रिभुवन […]

आज पनि घट्यो सुनको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको  २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला २ […]

अनिश्चितकालका लागि बन्द हयात होटल शिघ्र संचालनमा ल्याइने

Hotel hyatt

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि अनिश्चितकालीन बन्द घोषणा गरिएको क्षतिग्रस्त हयात होटललाई पुनःनिर्माण गरी शिघ्र सञ्चालनमा ल्याइने भएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै होटल शिघ्र संचालनमा ल्याइने बताएका छन् । भदौ २४ गते भएको घटनाबाट होटलमा व्यापक क्षति पुगेको र पुनर्निर्माण गर्नुपरेको प्रष्ट […]

लोपोन्मुख हुक्कापाती

सप्तरी । दीपावलीमा देखिने ‘हुक्कापाती’ अहिले लोप हुन थालेको छ। तर, परम्परालाई जोगाउन कतिपय ग्रामीण महिलाहरू अझै पनि सनपाटबाट बनेको हुक्कापाती बोकेर गाउँ-गाउँदेखि शहरसम्म हिँडिरहेका छन्। राजविराजका गल्ली–गल्लीमा “हुक्कापाती लिई आए” भन्दै हल्ला गर्दै हिँड्ने महिलाहरू यो वर्ष पनि देखिए । तीमध्ये मंसापुरकी ललिता रामले लक्ष्मीपूजको विहान नौ बजेसम्ममा झन्डै दुई हजार रुपैयाँको हुक्कापाती बेचिसकेकी […]

घरजग्गा कारोबारबाट असोजमा उठ्यो पौने ३ अर्ब राजश्व

काठमाडौं । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ राजस्व संकलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो । चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व संकलन सामान्य […]

भूराजनीतिक तनावले बढायो सुनको मूल्य, एकैदिन प्रतितोला ७ हजार बढी वृद्धि

काठमाडौं । सुनको मूल्य शुक्रबार एकैदिनमा ७ हजार १ सय रुपियाँले बढ्दै प्रतितोला २ लाख ५८ हजार रुपियाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १ सय ९५ रुपियाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार नौ सय रुपियाँमा कारोबार भइरहेको थियो। […]

४३ स्थानीय तहमा अझै बनेन बजेट

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था […]

ग्लोबल आइएमईको साधारणसभा कात्तिक २६ मा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले आगामी कात्तिक २६ गतेका लागि १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । उक्त सभाले मुख्य रूपमा हाल […]

घट्यो पेट्रोलको मूल्य

काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो । निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ […]