काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल, प्रभु इन्सुरेन्स र एशियन लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
जसमध्ये, हाथवे इन्भेष्टमेन्ट नेपालको ३३ लाख ९७ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएको थियो । सोही सेयर सूचीकरण गरिएको हो ।

त्यस्तै, प्रभु इन्सुरेन्सको २५ लाख ९४ हजार ६७८.५२ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको १८ प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो ।

यता, एसियन लाइफ इन्सुरेन्सको १७ लाख ३३ हजार ९१६.५२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण ५.१ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।








