मन्त्रीपरिषदको निर्णय सार्वजनिक

cabinet

काठमाडौ । भारतीय रुपियाँ २ सय र ५ सय दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने निर्णय सरकारले गरेको छ। सन् २०१६ नोभेम्बर ९ पछि निष्काशनमा आएका ती नोट ओसारपसार गर्न पाइने व्यवस्था गरिएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाह प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णय पनि गरेको छ। प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा भने यो लागू नहुने जनाइएको छ।

त्यसैगरी बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा. डा. सुनिति श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का यीसहित ११ निर्णय मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।