काठमाडौं । फाइनान्स कम्पनीहरुले असोजसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको खुद घाटा व्यहोरेका छन् । गत वर्षको सोही अवधिमा फाइनान्सहरुले समग्रमा ९ करोड २३ लाख नाफा कमाएका थिए । रिपोर्ट अनुसार १५ कम्पनीमध्ये ८ वटाले खुद घाटा व्यहोरेका छन् । खराब कर्जामा देखिएको वृद्धिका कारण बैंक तथा वित्ती संस्थाहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् […]
अर्थ/वाणिज्य
४२ करोड थान नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइ र आपूर्तिका लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ। बैंकले २०८२ साउन ९ गते जारी गरेको बोलपत्र सूचनाका आधारमा छपाइ कार्यका लागि आवेदन दिएका कम्पनीहरूमध्ये न्यून मूल्य प्रस्ताव गर्ने उक्त कम्पनी छनोट भएको हो। केन्द्रीय […]
हिमालयन बैंकको मोबाइल सेवा ठप्प : ग्राहकको गुनासो, “खाता बन्द गर्नुपर्ने भयो”
काठमाडौं। हप्तौं देखि अवरुद्ध हिमालयन बैंक लिमिटेड (HBL) को मोबाइल बैंकिङ् सेवा अझै नखुक्दा सेवाग्राही आजित भएका छन् । सेवामा निरन्तर समस्या भएपछि केही सेवाग्राहीहरुको असन्तुष्टि आक्रोशमा बदलिएको छ । उनीहरूले खाता बन्द गर्ने चेतावनीसमेत दिएका छन् । तीन हप्तादेखि बैंकको मोबाइल सर्भिस नचल्दा सास्ती खेप्नुपरेको एक सेवाग्राहीले बताए । बैंकको मोबाइल एप तथा इन्टरनेट […]
बागमती प्रदेशमा यस्तो छ आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१÷८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता प्रकोपलाई […]
निजी क्षेत्र आहत भएको अध्यक्ष ढकालको गुनासो,दण्डहीनता मौलाएकोप्रति चिन्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय आर्थिक बहसका क्रममा मुलुकको अर्थतन्त्र पुनःजागरणको अवस्थामा रहेको उल्लेख गर्दै निजी क्षेत्रको सुरक्षामा राज्यको जिम्मेवारी बढेको बताएका छन् । प्रधानमन्त्री शुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाललगायतको उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै ढकालले भने, “मुलुक अहिले आशा र संशयको दोबाटोमा छ, सरकार सुशासन र पारदर्शिताका […]
सरकारको ब्यवसायमैत्री निर्णय, फुल अडिट गर्न रोक
काठमाडौँ । वर्षौँदेखि उद्योगी–व्यवसायीलाई कर कार्यालयको फुल अडिट प्रक्रियाले दिएको मनोबैज्ञानिक दबाब,तनाव र झन्झट अन्ततः रोकिएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागसहित देशभरका सबै कर कार्यालयलाई ‘फुल अडिट’ हाललाई पू्र्णरूपमा रोक्न निर्देशन जारी गरेपछि निजी क्षेत्रले ठूलो राहतको महसुस गरेका छन् । उद्योगी–व्यवसायीहरूबाट निरन्तर आएको गुनासो, कर अधिकृत र अडिटरद्वारा हुने मनमानि तथा अनुचित […]
नबिल बैंकले कमायो पौने २ अर्ब नाफा
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नबिल बैंक लिमिटेडले पौने २ अर्ब रुपैयाँको नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वितीय विवरण अनुसार १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो […]
सत्ता पल्टिएपछि यस्तो छ श्रीलंका, बङ्गलादेश र नेपालको शेयर बजार
काठमाडौ । सन् २०२२ मा भएको आन्दोलनका कारण सत्ता पलट भएदेखि श्रीलंकाको सेयर बजारमा निरन्तर वृद्धि आएको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क एएसपीआईमा ठूलो वृद्धि देखिएको हो । यता, त्यस्तै आन्दोलनका कारण सत्ता पल्टीएको बंगलादेशको सेयर बजारमा भने चमक छैन । बजारमा केही उतारचढाव देखिएपनि २०२४ जुलाईको हाई विन्दुलाई ब्रेक गर्न सकेको छैन […]
तीन महिनामा वीरगञ्जबाट ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु. आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा […]
डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राखेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले कात्तिक १५ गते शनिबार देखि लागु हुनेगरि डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँले घटाएको हो । त्यस्तै हवाइ इन्धनको आन्तकिर तर्फ लिटरमा १ रुपैयाँ र अन्तराष्ट्रियतर्फ अमेरिकी डलर ७ ले बढेको निगमले जनाएको छ ।










