सेफ सन्तोषको नेपाली ‘कुकिङ बुक’

विश्वकै चर्चित बुक पब्लिकेशन कम्पनी ‘पेन्गुइन रयाण्डम हाउस’ (डीके) ले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित गरेको छ । ‘अइला’ परम्परागत नेपाली ड्रिंक (रक्सी) हो जसलाई सन्तोषले उत्सव एवम् खुसियालीको ‘सगून’ अर्थात प्रेमको प्रतीकका रूपमा परिभाषित गरेका छन् । यस पुस्तकमा पनि यस्तै किसिमको भावना शेयर […]

यी हुन नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू

यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार- २०२० : लुइस ग्लक (अमेरिका) २०१९ : पिटर ह्यान्डके (अस्ट्रिया) २०१८ : ओल्गा टोकारक्जुक (पोल्याण्ड) २०१७ : काजुओ इशिगुरो (बेलायत) २०१६ : बब डिलन (अमेरिका) २०१५ : स्वेतलाना अलेक्विच (बेलारूस) […]

‘क्राइम फाइल्स’ कार्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुने

काठमाडौँ । अपराधिक सत्य घटनामा आधारित क्राइम फाइल्स कार्यक्रम कार्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ । नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कार्तिक महिना देखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने जानकारी दिइएको हो । नेपाल भित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने छ । नेपाल […]

नारायण गोपाल सम्मान पुरस्कार जोशीलाई प्रदान

झापा । गत वर्षको नारायण गोपाल स्मृति सम्मान झापाको दमकमा रहेर लामो समयदेखि लोकगीत/ संगीतमा क्रियाशील लक्ष्मीप्रसाद एलपी जोशीलाई प्रदान गरिएको छ । नारायणगोपाल संगीत कोषले सोमबार दमकमै सम्मान प्रदान गरेको हो । नारायण गोपालको ३० औं स्मृति दिवसका अवसरमा गत मंसिर १९ गते नै सो पुरस्कार प्रदान गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण त्यस […]

थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिन माग

काठमाडौँ । उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् । थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दबाबमूलक कार्यक्रम गरी मनाइने निर्णय […]

राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे । प्रतिष्ठानकै […]

अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा नयाँ बानेश्वरका संकल्प कोइराला विजयी

इलाम, ३ भदौ । अनेरास्ववियु इलामले आयोजना गरेको अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला विजेता बनेका छन् । अनेरास्ववियुले ‘वैदेशिक शिक्षामा नेपाली युवाहरूको पलायन : समस्या र समाधान’ शीर्षकमा निबन्ध प्रतियोगिता गराएको थियो । प्रतियोगिताको विजेता बनेका कोइरालाले ३५ हजार आठ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । तीन सय पूर्णाङ्कको प्रतिस्पर्धामा उनले […]

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल

काठमाडौं, २ असोज । भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ का विजेता बनेका छन् । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले […]

चित्रकला प्रदर्शनीमा महामारीको झल्को

झण्डै डेढ वर्षपछि आर्ट ग्यालरीको भ्रमण गर्न पाउँदा मीरा चौधरी रोमाञ्चित थिइन्। ब्याचलर्स अफ फाइन आर्टको पहिलो वर्ष अध्ययन गरिरहेकी उनी चित्र खोजीखोजी हेर्छिन्। लकडाउनपछि पहिलो पटक बबरमहलस्थित आर्ट काउन्सिलमा चित्र केलाइरहँदा पहिले भन्दा फरक अनुभूति गरिन् मीराले। ‘महामारीका समयमा बनाइएका पेन्टिङमा सोही समयको झलक पाएँ,’ उनले सुनाइन्, ‘केही अमूर्त चित्रमा लकडाउनमा मानिसको मनस्थिति चित्रित गरिएको […]

प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका […]