नारायण गोपाल सम्मान पुरस्कार जोशीलाई प्रदान

झापा । गत वर्षको नारायण गोपाल स्मृति सम्मान झापाको दमकमा रहेर लामो समयदेखि लोकगीत/ संगीतमा क्रियाशील लक्ष्मीप्रसाद एलपी जोशीलाई प्रदान गरिएको छ ।

नारायणगोपाल संगीत कोषले सोमबार दमकमै सम्मान प्रदान गरेको हो । नारायण गोपालको ३० औं स्मृति दिवसका अवसरमा गत मंसिर १९ गते नै सो पुरस्कार प्रदान गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण त्यस समयमा सम्भव नभएको कोषका वरिष्ठ संगीत प्रशिक्षक राजकुमार श्रेष्ठले बताए ।

कोषले पहिलो पटक काठमाडौ बाहिर कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरेको श्रेष्ठले बताए । भारतको दार्जिलिङ्का संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्य र कोषका महासचिव दीपक केसीको अध्यक्षतामा भएको कार्यक्रममा जोशीलाई नगद २५ हजार रुपैयाँ सहितको सम्मान प्रदान गरिएको हो ।

सम्मानित जोशी ६ दशक देखि नेपाली लोकगीत संगीतमा क्रियाशील छन् । उनका रिटिङ् रिटिङ् नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो लगायतका गीतहरु चर्चित छन् ।

Loading...