इपिएल क्रिकेटमा भैरहवाद्वारा चितवन ६ विकेटले पराजित

काठमाडौ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले चितवन टाईगर्सलाई ६ विकेटले पराजित गरेको छ ।

त्यस्तै तमिम इकबाल ४० रनमा आउट हुँदा उपुल थरङ्गा ३९ रनमा अविजित रहे । रोहित पौडेल छ र आरिफ शेख एक रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे । चितवनका लागि करिम जनतले सर्वाधिक दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले एक-एक विकेट हात पारे । जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो ।

भैरहवाले यो तेस्रो जीत हो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

चितवनका लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद सहजादले ३२ रन जोडे । सिकुगे प्रसन्नाले २४ रन जोड्दा कमलसिंह ऐरी सात रनमा अविजित रहे । भिस सार्की १६, राजेश पुलामी १४, दिलीप नाथ १३, देव खनाल पाँच र खडक बोहरा एक रनमा आउट भए ।

भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट लिए भने कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक–एक विकेट लिए । अघिल्ला चार खेल जितेर आठ अङ्क बटुलेको चितवन अङ्क तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

तीन जीतबाट छ अङ्क बटुलेको भैरहवा भने दोस्रो स्थानमा उक्लिएको छ ।

Loading...