कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल

काठमाडौं, २ असोज । भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ का विजेता बनेका छन् । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी र पुरस्कार वितरण गरेका थिए ।

च्याम्पियन विजेता पौडेलले कारसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । फस्ट रनरअप बिक्की अग्रवाल र सेकेन्ड रनरअप भएका थिए । सेकेन्ड रनरअप सन्तोष थापाले स्कुटर प्राप्त गरेका छन् भने फस्ट रनरअप भएर बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन् । 

कमेडी रियालिटी शो कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो ।

 

Loading...