काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए। ‘जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ,’ मन्त्री खरेलले भने, ‘जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांगता भएका व्यक्तिलाई राहत सहायता […]
समाचार
हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको परमादेश, कुलमानलाई धक्का
काठमाडौं । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ । साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ । घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वाेच्च पुगेका थिए । उक्त रिटउपर […]
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको निष्कर्ष
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा सुरक्षा निकायहरूले कम घातक हतियारको दुरुपयोग र घातक हतियारको प्रयोग गरी अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलले निष्कर्ष निकालेको छ । सोमबार सार्वजनिक गरिएको प्रतिवेदनले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको गम्भीर उल्लंघन भएको जनाइएको छ । भदौ २३ गतेको प्रदर्शनमा संसद् भवनको मुख्य प्रवेशद्वारमा चढेका प्रदर्शनकारीमाथि प्रहरीले एफएन एफएएल प्रहार […]
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
ट्राफिक प्रहरीलाई भक्तपुर नगरपालिकाको सहयोग
भक्तपुर । भक्तपुर नगरपालिकाले ट्राफिक प्रहरी प्रभाग कमलविनायक, भक्तपुरलाई विविध कार्यालय सामग्री उपलब्ध गराएको छ । नगरपालिकाले प्रभागलाई स्टील दराज, लाइब्रेरी मेच, अफिस टेबुल, प्रिन्टर, खाट, इलेक्ट्रिक वाटर डिस्पेन्सर, कार्पेट र पर्दालगायतका सामग्री सहयोगस्वरूप प्रदान गरेको हो। सामग्री हस्तान्तरण गर्दै नगरपालिका प्रमुख सुनिल प्रजापतिले ट्राफिक प्रहरीको मेहनत, समर्पण र निरन्तर सेवा भावना प्रशंसनीय रहेको उल्लेख […]
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (नामावलीसहित)
काठमाडौं । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको […]
राष्ट्र बैङ्कले माग्यो एआई मार्गदर्शनमा सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एआई मार्गदर्शन तयार गरि आम सरोकारवालाको सुझाव मागेको छ । नेपाल राष्ट्र बैङ्कले आफुले तयार गरेको एआई मार्गदर्शनको मस्यौदा आफ्नो वेभ साडटबाट सार्वजनिक गर्दै आम सरोकारवालाको सुझाव माग गरेको छ । www.nrb.org.np\category\notices मा राखिएको उक्त मार्गदर्शन उपर कुनै राय सुझाव भएमा पुष १५ भित्र लिखित रुपमा नेपाल राष्ट्र बैङ्कको इमेल […]
खानामा विष राखी खुवाएपछि सासुको गयो ज्यान
बिराटनगर । मोरङको बेलबारी–२ मा खानामा विष मिसाएर खुवाउँदा ७७ वर्षकी इन्द्रमाया राईको ज्यान गएको छ । उनका पति ७० वर्षीय भक्तबहादुर राईको अवस्था पनि गम्भीर छ । शनिबार भक्तबहादुर घर नजिकै खोल्सामा बेहोस फेला परेका थिए। घरमा उनकी श्रीमती इन्द्रमाया पनि बेहोस भेटिइन्। दुवैलाई नोबेल मेडिकल कलेज लगिएकोमा इन्द्रमायाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला […]
चार महिने छोराको ज्यान लिएको अभियोगमा असई पुष्कर कार्की पक्राउ
काठमाडौं । आफ्नै चार महिने छोराको हत्या अभियोगमा पुष्कर कार्की पक्राउ परेका छन् । कार्की नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) हुन् । सिनामंगलमा भाडाको कोठामा बस्दै आएका कार्कीले सुतेको अवस्थामा रहेको आफ्नै शिशुको घाँटी रेटेर हत्या गरेका आरोप छ । जन्मदै ब्रेन ट्युमर रहेको उक्त शिशुको आइतबार अपराह्न हत्या गरेपछि उनले श्रीमतीलाई समेत कुटपिट […]
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’, युरोपद्वारा आपत्ति
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गरेको छ। मस्कोले उक्त रणनीति आफ्नो दृष्टिकोणसँग ‘धेरै हदसम्म मेल खाने’ बताएको हो। यस हप्ता सार्वजनिक गरिएको ३३ पृष्ठ लामो दस्ताबेजमा युरोपले ‘सभ्यता मेटाउने’ जोखिमको सामना गरिरहेको उल्लेख गरिएको छ र यसले रुसलाई अमेरिकाका लागि खतराको रूपमा चित्रण गरेको छैन। […]











