३ लाख १६ हजार बढी छन् कम्पनी, पौने दुई लाखले बुझाएनन् विवरण

काठमाडौ । कम्पनी रजिष्ट्रारको कार्यालयले साधारण सभा, घाटा, नाफा लगायतका विवरण पेश नगर्ने कम्पनीहरुको संख्या उच्च रहेको बताएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कार्यालयमा दर्ता भएका १ लाख ७३ हजार ७५ वटा कम्पनीले वार्षिक साधारण सभा मुनाफा बाँडफाँट लगायतका विवरणहरु पेश गरेका छैनन् । कार्यालयममा हालसम्म ३ लाख १६ हजार २ सय २२ वटा […]

सिकन्दरमा सेन्सरको कैची

न्यूजकारखाना, मुम्बई । सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ ।  तर, सेन्सर बोर्डले फिल्म सिकन्दर माथी कैची लगाउँदै केही बिषयमा प्रतिबन्ध लगाएको खबर आइरहेको छ । यस फिल्मबाट केही शब्दहरू हटाउन भनिएको छ र फिल्मको चल्ने समय पनि खुलाएको छ। एक रिपोर्टका अनुसार फिल्म ‘सिकन्दर’ मा ‘गृहमन्त्री’ लाई ‘होम’ […]

सम्पत्ति छानबिन आन्दोलन चलाउने बहुमतको उद्घोष

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री लगायत राज्यका उच्च पदस्थहरुको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलन चलाउने उद्घोष गरेको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीको ३ नम्बर ब्यूरो इन्चार्ज एवं पूर्व जनमुक्ति सेनाका कमान्डर उदयबहादुर चलाउने दिपकले माग सम्बोधन नगरे सरकारलाई अप्ठ्यारो पर्ने चेतावनी समेत दिए ।  ब्यूरो इन्चार्ज चलाउनेले […]

प्रधानमन्त्री कप क्रिकेटकाे फाइनलमा पुग्यो पुलिस

police club cricket

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशमाथि सानदार जित निकाल्दै पुलिस फाइनलमा पुगेको हो । मंगलबार सम्पन्न खेलमा पुलिसले कर्णालीलाई ४४ रनले हरायो। पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। तर, १४८ रनको लक्ष्य पछ्याएको कर्णालीले २४ ओभरमा सबै विकेट […]

जनताले अहिले नै चौरासी गर्न लागिसके : सांसद बाँस्कोटा

gokul baskota

नेकपा एमालेका नेता एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनीकाे राजमार्ग अन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् । मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भए पनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यङ्ग्य गरे । उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू […]

महानगर र स्वास्थ्य मन्त्रालयबीच सहकार्य, वीरमा महिलाको नि:शुल्क जाँच

काठमाडौ । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ । स्वास्थ्य […]

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र बहादुर थापा नियुक्त भएका छन् । थापालाई मंगलबार बोर्डको अध्यक्षमा नियुक्त गरिएको पत्र दिइएको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थापालाई नियुक्ति पत्र दिएका हुन्  यसअघि थापा बोर्ड सदस्य रहेका थिए ।

कुलमानलाई निकालेको भोलिपल्ट नेप्सेमा भारी गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ।  साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज नेप्से सूचक ५५.९० अंकले घटेर २ हजार ५८४.८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ।  आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब […]

भक्तपुरमा भएको हत्या आरोपमा दुई पक्राउ

भक्तपुर । गत फागुन २७ गते भक्तपुरको मध्यपुर थिमि-२ सानोठिमी मगरगाँउमा लक्ष्मण खड्काको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । मध्यपुर थिमि- ६ बस्ने ३२ वर्षका खड्काको हत्या आरोपमा पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी-८ का ३९ वर्षिय यादव पौडेल र सिन्धुलीको तीनपाटन गाउँपालिका-३ चकमकेका २४ वर्षिय अनिश तामाङ रहेका छन् ।  बिबादपछि उनीहरुले  कुटपिट गर्दा […]

माल्दिभ्स पठाइदिन्छु भनेर ठगी, रुचाल प्रहरी नियन्त्रणमा

भक्तपुर । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छ भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् । प्रहरीका अनुसार सो अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ५१ वर्षीय हरिबहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  हरिबहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रूपैयाँ लिई […]