भक्तपुरमा भएको हत्या आरोपमा दुई पक्राउ

भक्तपुर । गत फागुन २७ गते भक्तपुरको मध्यपुर थिमि-२ सानोठिमी मगरगाँउमा लक्ष्मण खड्काको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

मध्यपुर थिमि- ६ बस्ने ३२ वर्षका खड्काको हत्या आरोपमा पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी-८ का ३९ वर्षिय यादव पौडेल र सिन्धुलीको तीनपाटन गाउँपालिका-३ चकमकेका २४ वर्षिय अनिश तामाङ रहेका छन् ।

 बिबादपछि उनीहरुले  कुटपिट गर्दा खड्काको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।उनीहरू चिनजानकै साथी भएको र खड्काले मोबाइल फिर्ता नदिएको निहुँमा कुटपिट हुँदा गम्भीर घाइते भई ज्यान गएको देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले जनाए ।

जिल्ला अदालत भक्तपुरबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुन्डीराज नेउपानेले जानकारी दिएका छन् ।