रास्वपा बागमती प्रदेश अधिवेशन अस्थायी स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको स्पष्ट पारेको हो । मंगलबारदेखि सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित गरिएको थियो । […]

अनेसास बोस्टनद्वारा स्रष्टाहरू सम्मानित

जून ४, २०२६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले ६ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कार तथा सम्मान नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा नेपालबाट भाग लिएका स्रष्टाहरुलाई गरेको हो । पुरस्कृत हुनेमा अनेसास महिला समितिका निवर्तमान संयोजक तथा पुरस्कार समितिका सदस्य सन्ध्या पहाडीलाई ‘अनेसास बोस्टन अन्तर्राष्ट्रिय नारी तारा–२०२६’ द्वारा […]

बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । “बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको छ,” अर्थमन्त्री डा.वाग्लेले भने, ” म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । “ […]

अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण

वासिङ्टन । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार ईएसटी समय अनुसार अपरान्ह ५ बजेदेखि इरानका विभिन्न ठेगानामा हमला सुरु गरेको हो। सेन्टकमले एक विज्ञप्ति जारी गर्दै यो सैन्य कारबाही इरानको बिनासित्तिको आक्रामक […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ । अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, […]

साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सार्वजनिक

साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित,  साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित तथा मिलाप पब्लिकेशन प्रा.लि. काठमाडौँद्वारा प्रकाशित नियात्रा-निबन्धसङ्ग्रह “नक्शामा नभएको देश” पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित, भिक्टोरियामा अफ्रिका लोकार्पण भएको छ ।  ७ जुन २०२६ आइतबारका दिन सम्पन्न उक्त कार्यक्रमको सभापतित्व एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दले गरेका थिए भने प्रमुख […]

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको […]

महावीर पुन पुनः मन्त्री बन्ने

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। प्रधानमन्त्री सचिवालय श्रोतले पुन मन्त्री बन्न लागेको पुष्टि गरेका छन्। श्रोतका अनुसार पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। पुन यसअघि सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्रीका […]

क्रिटिक्स फिल्म अवार्डमा भूठानको वर्चस्व

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपालले सार्वजनिक गरेको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजामा भूठानले वर्चस्व बनाएको छ । चलचित्र भूठानले तीन प्रमुख विधामा उत्कृष्ट नतिजा निकालेको हो । समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमल्सिनाले जनाए अनुसार  ‘भूठान’ बाट हरिवंश आचार्य उत्कृष्ट अभिनेता, सुशन प्रजापति उत्कृष्ट दृश्य संयोजक तथा अञ्जय खड्का उत्कृष्ट सम्पादक घोषित भएका छन्। […]

१० अर्ब आन्तरिक ऋण उठाउन ऋणपत्र जारी गर्दै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको  छ । परिपक्व अवधि १५ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९८’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले […]