काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । बुधबार दिउँसो धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प ८०१३ नम्बरको मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४३ नम्बरको बस एकआपसमा ठोक्किएको थियो । दुर्घटनामा परेर सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ निवासी अन्दाजी २६ वर्षीय सुसिल […]
समाचार
ऋणपान गरेर हुन्छ कि, खोजेर हुन्छ स्वास्थ्य बीमाको समस्या समाधान गर्छौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत र व्यवस्थापनसँग सम्बन्धित समस्या तत्काल समाधान गर्न सरकार अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन्। बुधबार स्वास्थ्य बीमासँग सम्बन्धित सरोकारवाला पक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अर्थमन्त्री हाल वैदेशिक भ्रमणमा रहेकाले स्वदेश फर्किएपछि आवश्यक छलफल गरी ऋण लिएर भए पनि वा अन्य स्रोत खोजेर भए पनि समस्या समाधान गरिने स्पष्ट पारिन्। […]
डस्टबिनबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनले विमानस्थलमा रहेको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको पाइएपछि पक्राउ गरिएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले […]
अब उम्मेदवारले चन्दा-सहयोग पनि बैंक खातामै राखेर प्रयोग गर्नुपर्ने
काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका बेला पाउने नगद सहयोग तथा चन्दा पनि अबबाट बैंक खातामा राखेर मात्रै कारोबार गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । मंगलबार मात्रै निर्वाचन आयोगले त्यस्तो कार्यविधि पारित गरेको छ । जुन व्यवस्था […]
सेना र पुलिसको ब्यारेकमा मतपेटिका राखेर सरकार चुनावमा धाँधली गर्न खोज्दैछ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले चुनावमा सरकार स्वयं धाँधली गर्न लागेको आरोप लगाएका छन् । एमालेका तर्फबाट उपत्यकाका उठेका १५ जना उम्मेदवारहरूसँगको बुधबार काठमाडौँमा भएको संवादमा बोल्दै नेता बस्नेतले हिमाली जिल्लामा मौसमका कारण निर्वाचन सार्ने र त्यही क्रममा मतपेटिका प्रहरी र सेनाका ब्यारेकमा मतपेटिका राखेर […]
बादलको दावी – दलाई लामाका प्रतिनिधिलाई सरकारले संरक्षण गरेपछि चीनले चेतावनी दियो
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार देश जलाउनेहरूको सरकार नाङ्गिँदै गएको बताएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले यस्तो बताएका हुन् । ‘देश जलाउने र देश जलाउनेहरूको सरकार दिनप्रतिदिन नाङ्गिँदै गएको छ’, पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘नङ्ग्याउने कुरामा देशभक्त र निष्पक्ष राजनीतिक विश्लेषकहरूले महत्त्वपूर्ण […]
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की
नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् । उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको […]
आज विश्व क्यान्सर दिवस मनाइदै
काठमाडौं । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ […]
स्वास्थ्य बिमाका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि छलफल गर्ने भएकी छन्। यसका लागि उनले बुधबार सरोकारवाला पक्षसँग छलफल गर्न लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो १ बजे छलफल तय भएको छ। केही अघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा […]
फागुन २१ गते हुने निर्वाचनका लागि आजैदेखि सेना परिचालन
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाकाे संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्। निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा […]











