कश्मीर ऐक्यबद्धता दिवसका अवसरमा काठमाडौँमा कार्यक्रम

काठमाडौँ । कश्मीर ऐक्यबद्धता दिवसका अवसरमा पाकिस्तान दूतावासले काठमाडौँमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा “दक्षिण एसियामा क्षेत्रीय शान्ति र स्थायित्वः कश्मीर समस्याको समाधान अपरिहार्य” विषयमा छलफल गरिएको थियो। सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका सन्देश वाचन गरिएको थियो। राष्ट्रपति आसिफ अली जर्दारीको सन्देशमा कश्मीरी जनताको आत्मनिर्णयको अधिकारप्रति पाकिस्तानको समर्थन दोहोर्‍याइएको छ। […]

वार्मअप खेलमा भारतको सानदार जित, दक्षिण अफ्रिका ३० रनले पराजित

मुम्बई । टी-२० विश्वकपको तयारीका क्रममा भएको वार्मअप खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराएको छ। नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २४० रनको विशाल योगफल खडा गरेको थियो। भारतका लागि इशान किशनले मात्र २० बलमा अर्धशतक प्रहार गरे भने तिलक वर्माले ४५, अक्षर पटेलले ३५ र […]

बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

काठमाडौँ । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। झापाको कमल गाउँपालिका-२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सिसा फुटेको खबर पाएपछि प्रहरी त्यस क्षेत्रमा गएर बुझिरहेको जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन्। ‘झ्यालको सिसा फुटेको भन्ने खबर […]

सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो […]

सम्भवतः फागुन २१ मै चुनाव हुन्छ, जित्नुपर्ने पार्टी एमाले नै हो : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् । झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले सम्भवतः निर्वाचन फागुन २१ मै हुने र फागुन २१ मा हुन नसके वा केही समयपछि भएपनि […]

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो। निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो । जहाँ उनको निधन भएको हो । भट्टराईको शव […]

पहिलो दिन अबुधाबीमा रुससंगको शान्ति वार्ता राम्रो भयो: युक्रेन

किभ । अमेरिकाको मध्यस्थतामा अबुधाबीमा भएको रुस–युक्रेन शान्ति वार्ताको पहिलो दिनलाई युक्रेनले राम्रो बताएको छ । वार्ता ठोस र उत्पादक भएको बताइएको छ । यद्यपि चार वर्षदेखि चलिरहेको युद्ध अन्त्यतर्फ निर्णायक प्रगति भएको घोषणा भने गरिएको छैन । युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का प्रमुख वार्ताकार रुस्तेम उमेरोभले बुधबारको छलफल व्यवहारिक समाधान र ठोस कदममा […]

बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ परेका हुन् । नेपालगञ्ज घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार […]

पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा […]

चारदिने जापान भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौँ । जापानको चारदिने औपचारिक भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले बुधबार स्वागत गरे । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला […]