काठमाडाैं । स्पेनिस फुटबल क्लब बार्सिलाेनाबाट व्यवसायिक फुटबल खेल्दै अाएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले युराेपियन गाेल्डेन बुट जित्ने पक्का भएकाे छ । उनले यसपटक पनि सबैभन्दा बढी गाेल गरेर लगातार तेस्रो वर्ष युरोपियन गाेल्डेन बुट जित्ने पक्का भएकाे हाे । याेसँगै समग्रमा उनले छैटाै गाेल्डेन बुट जित्नेछन् । मेसीलार्इ फ्रान्सेली क्लब पिएसजीका स्ट्राइकर केलियन एमबाप्पेले […]
समाचार
नेपाली सेनाका एक उच्च पदस्थ कमान्डर कारागार चलान
काठमाडौं, ११ जेठ । नेपाली सेनाका एक प्रमुख सेनानी भ्रष्टाचार मुद्दामा बर्खास्तीमा परेर सिधै जेल चलान गरिएका छन् । उदयपुरकाे कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीले उक्त गणमा ठूलाे रकम अनियमितता गरेकाे मुद्दा परेपछि बर्खास्तीमा परेका हुन् । नेपाली सेनाकाे जनरल समरी सैनिक अदालतले प्रमुख सेनानी कार्कीका विरुद्धमा परेकाे मुद्दामा उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त […]
रामेछापलाई केन्द्रबिन्दु गरि गयो भूकम्प
काठमाडौं, ११ जेठ । रामेछापलाई केन्द्रबिन्दु गरि भूकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्प नभएर पराकम्प हो । ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ । यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु गरेर ४ दशमलव […]
ठेगाना नखुलेका व्यक्तिलाई यार्सा टिप्न नदिइने
जाजरकोट । जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्कबापत् मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि […]
लज्जाजनक हारपछि कांग्रेसका नेताहरुको राजिनामा लहर
काठमाडाैं । लोकसभा चुनावमा लज्जाजनक हार व्यहाेरेपछि भारतीय कांग्रेसमा भुइचालाे गएकाे छ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले समेत पदबाट राजिनामा चर्चा चलिरहेकाे छ । यसैबीच साे पार्टीका महत्वपूर्ण नेताहरुले पदबाट राजिनामा दिन सुरु गरेका छन् । कांग्रेसले पराजय हुनुका कारणबारे समीक्षा गर्ने तयारी गरिरहेका बेला ती नेताहरुले राजीनामा दिन थालेका हुन् । साे क्रममा […]
फेरि करोडौं नक्कली भारुसहित युनुस अन्सारी पक्राउ
काठमाडौं १० जेठ । व्यापारी युनुस अन्सारी फेरि पक्राउ परेका छन । अन्सारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले करोडौं नक्कली भारुसहित पक्राउ गरेको हाे। पाकिस्तान हुँदै चार वटा सुटकेशलमा ल्याएको नक्कली भारु विमानस्थल प्रहरीले बरामद गरेको हो। पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट सो नक्कली भारु काठमाडौं आएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले जनाए। ‘भन्सार जाँच गर्ने […]
गाउँपालिका उपाध्यक्षले प्रशासकीय अधिकृत कुटपिट गर्दै लुगाहरु नै च्यातिन
नुवाकोट । नुवाकोटको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आफ्नै उपाध्यक्षबाट कुटिएका छन् । तार्केश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालबाट कुटिएका हुन् । उनले आफूले भनेका योजनाको लागि कार्यकारी अधिकृतले बजेट नदिएको भन्दै कार्यकक्षमै हातपात गरेको थाहा भएको छ । उपाध्यक्ष रिमालले आफूले भनेको ठाउँका योजनाको लागि बजेट दिन नमानेको भन्दै […]
सांसद श्रेष्ठद्वारा दफ्टर क्लब भवन शिलान्यास
काठमाडौं, १० जेठ । काठमाडाैं महानगरपालिकाको वडा नं. २३ मा दफ्तर क्लवकाे भवन शिलान्यास भएको छ । संघीय सांसद जीवनराम श्रेष्ठ र वडाध्यक्ष मचाराजा महर्जनले भवनको शिलान्यास गरेका हुन् । करीब १५ लाख रुपैयाँमा निर्माण हुने भवनका लागि रकम स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद श्रेष्ठको सांसद विकास कोषबाट प्राप्त हुनेछ । भवन शिलान्यासपछि बोल्दै […]
भारतमा चौकिदारको चमत्कार, ४८ वर्षपछि एकै दलको पूर्ण बहुमत, प्रतिपक्षीको मान्यता समेत नपाउने गरी झर्यो कांग्रेस
नयाँ दिल्ली । भारतीय लाेकसभाकाे निर्वाचनमा चाैकिदार शब्द निकै चर्चित बन्याे । अन्तत: निर्वाचनकाे परिणाममा त्यही चाैकिदारकाे चमत्कार देखिएकाे छ । चाैकिदार नरेन्द्र माेदीकाे नेतृत्वमा निर्वाचनमा उत्रेकाे भारतीय जनता पार्टीले ४८ वर्षपछि भारतमा २ पटक एकै पार्टीकाे एकल बहुमत हासिल गरेकाे छ । भारतमा ४८ वर्षअघि सन् १९७१ मा इन्दिरा गान्धीकाे नेतृत्वमा कांग्रेसले २ पटक […]
जनताको अंकुशमा नबस्ने नेता निरंकुश – राजेन्द्र श्रेष्ठ सह अध्यक्ष समाजवादी पार्टी नेपाल
समाजवादी पार्टी नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा सुशासन कायम हुनका लागि राजनैतीक नेताहरु जनताको अंकुशमा बस्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सह अध्यक्ष श्रेष्ठले जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्ने जिकिर गर्नुभयो । कार्यक्रममा श्रेष्ठले अहिले नेकपाले देशको हरेक क्षेत्रमा अंकुश लगाउन खोज्दा सबैतिर असन्तुष्टि बढ््दै गएको दावी गर्नुभयो […]











