सांसद श्रेष्ठद्वारा दफ्टर क्लब भवन शिलान्यास

काठमाडौं, १० जेठ । काठमाडाैं महानगरपालिकाको वडा नं. २३ मा दफ्तर क्लवकाे भवन शिलान्यास भएको छ । संघीय सांसद जीवनराम श्रेष्ठ र वडाध्यक्ष मचाराजा महर्जनले भवनको शिलान्यास गरेका हुन् ।

करीब १५ लाख रुपैयाँमा निर्माण हुने भवनका लागि रकम स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद श्रेष्ठको सांसद विकास कोषबाट प्राप्त हुनेछ ।

भवन शिलान्यासपछि बोल्दै सांसद श्रेष्ठले भने, स्थानीय स्तरमा आवश्यक भएको विकास स्थानीय, प्रदेश र संघ सरकार मिलेर आफ्ना आफ्ना भागबाट सहयोग गर्ने बताए । सबै काम एउटै ठाउँबाट नहुन सक्छ । यसका लागि सबैबाट सहयोग दिलाउन प्रयास गर्नेछु ।”

कार्यक्रममा वडाध्यक्ष महर्जनले माग भइ आएका योजनालाई कार्यान्वयन गर्दै लैजाने बताए । उनले अर्को वर्षका लागि योजना छनौटको चरणमा रहेकाे जानकारी दिँदै र स्थानीयसँग योजना दिन अनुराेध गर्दै भने, “तपाइहरु धेरैलाई लाभ हुने योजना दिनोस्, हामी स्वीकृतिका लागि महानगरमा पठाउँछौं ।” 

क्लबका अधक्ष्य राकेश शाहीले भवन पुननिर्माण भएपछि सामाजिक,स्वास्थ्य, भाषा, कला र सांस्कृतिक कार्यक्रम क्रमिक रुपमा अघि बढाउन जाने बताए । क्लवले सामाजिकतर्फ जेष्ठ नागरिकको हितमा काम गर्ने योजनाकासाथ अगाडि बढ्ने छ भने, सांस्कृतिकतर्फ भाषा, कला, साहित्यको संरक्षण, जात्रा पर्व सञ्चालनमा सघाउ गर्ने काम गर्दै आएको छ ।

Loading...