सर्लाहीमा समेत एक युवाले गरे आत्मदाह प्रयास

Nonstop

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा एक युवाले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। स्थानीयका अनुसार गोडैता नगरपालिका–३ का ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका हुन्। घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन्। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले घटनाको पुष्टि गर्दै यसबारे आफूले तत्काल प्रधानमन्त्री, गृहमन्त्री तथा आफ्नो दलका सभापतिलाई जानकारी गराएको […]

भक्तपुर बस्थे आत्मदाह गरेका नेपाली, जेटिएको जागिर नपाएपछि पठाओ राइडर

भक्तपुर । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आत्मदाहको प्रयास गरेका र उपचारका क्रममा निधन भएका २५ वर्षीय गणेश नेपाली भक्तपुरको कमलबिनायक क्षेत्रमा डेरा गरी बस्दै आएको खुलेको छ। मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका नेपाली भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित चाँगुनारायण पेट्रोल पम्प नजिक रञ्जित भण्डारीको घरमा पछिल्ला करिब दुई महिनादेखि परिवारसहित बस्दै आएका थिए। उनी श्रीमती र करिब […]

संसद्‌मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन

काठमाडौँ । मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । जवाफका क्रममा उनले सरकार सञ्चालको प्रक्रिया पनि सिकाए । ‘अहिले आएर हामीले संविधान सिकाउनुपर्ने ? यो दिन आएको हो सदनमा ?’ उनले […]

गणेश नेपालीको न्यायका लागि माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा सुकुमबासीमाथि गरिएको अन्यायपूर्ण विस्थापनको विरोध र आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। काठमाडौं महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ह्विल लक गरेपछि असन्तुष्ट बनेका नेपालीले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए र उनको उपचारका क्रममा निधन भएको थियो। सोही घटनालाई […]

गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न डिआइजीको संयोजकत्वमा समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री गुरूङले ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएका हुन्। उनका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी गोबिन्द थपलियालाई संयोजक बनाइएको छ। ‘डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छौं। तीन नगर प्रहरी सोधपुछका […]

आत्मदाह गरेका गणेश नेपालीको मृत्यु, आकस्मिक छलफलपछि गृहमन्त्री गुरुङ अस्पताल जाँदै

काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको […]

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

काठमाडौं । इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमा दफन गरिएको छ । सरकारी सञ्चारमाध्यमहरूले शुक्रबार बिहान खामेनीलाई उनको जन्मस्थान मशहदस्थित इमाम रेजाको दरगाहमा दफन गरिएको जनाएका छन् । विशाल सुनौलो गुम्बज र सुनले मढिएका मिनारहरूले सजिएको यो धार्मिक परिसर शिया मुस्लिमहरूको सबैभन्दा महत्वपूर्ण […]

गोकर्णेश्वरमा गाडीमा राखिएको ग्याँस सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर पड्किँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान करिब १०:२० बजे माकलबारीस्थित सडक खण्डमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडीमा लोड गरिएको सामग्री विस्फोट भएको हो । पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा.प्र.०६–००१ झ ००१७ नम्बरको […]

इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला, इरान भन्छ- कडा जवाफ दिनेछौं

काठमाडौं । अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडाहरू रहेका छन् । यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकालाई होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने […]

मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल

काठमाडौँ । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा […]