काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। शुक्रबार तोलामा दुई हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा […]
समाचार
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
तेहरान । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो साताको तेस्रो ठुलो सैन्य कारबाही गरेको हो। इरानी सञ्चारमाध्यमका […]
ग्वार्खो–लाकुरीभञ्ज्याङ–दाहालटार सडक र जनअधिकारबीच सन्तुलनको सवाल
दीपक आचार्य, ललितपुर । नेपालमा विकास र पूर्वाधार निर्माणलाई समृद्धिको आधारका रूपमा हेरिन्छ। सडक, पुल, सुरुङमार्ग र अन्य भौतिक संरचनाले आर्थिक गतिविधिलाई गति दिनुका साथै नागरिकको जीवनलाई सहज बनाउने अपेक्षा गरिन्छ। तर विकासका नाममा गरिने कुनै पनि योजना नागरिकको जीवन, सम्पत्ति, संस्कृति, वातावरण र स्थानीय पहिचानमाथि असन्तुलित भार बन्न पुग्यो भने त्यसले विकासको उद्देश्यलाई नै […]
राज्यसँग जबाफ माग्न पुगेका युवामाथि कुटपिट गर्नु अत्यन्तै चिन्ताजनक र लज्जास्पद : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जबाफ माग्न पुगेका युवामाथि कुटपिट गरी नियन्त्रणमा लिइनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको बताएका छन्। गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निःसर्त रिहा गर्न पनि उनले माग गरेका छन्। माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापा लगायत युवामाथि निर्ममतापूर्वक […]
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु […]
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन
काठमाडौँ । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरिएको छ। उनको न्यायका लागि आफन्त, साथीभाइ तथा समर्थकहरूले सडकमा उत्रिएर शनिबार विरोध प्रदर्शन गरेका हुन्। उक्त प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरूका साथै फिल्म निर्देशक मिनभान बानको पनि उपस्थिति रहेको थियो। प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढिरहेका बेला सहभागीहरू सडकमा जान […]
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारद्वारा घरबारविहीन बनाइएका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आमसञ्चार माध्यमहरूमा सार्वजनिक भएका सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका हुन्। महासचिव पोखरेलले एकातिर नागरिकलाई उठिबास लगाउनु र अर्कोतिर सरकार आफैँले स्थापना गरेका होल्डिङ सेन्टरहरू समेत […]
कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा वाग्मती पस्यो, ५४ जनाको उद्धार
काठमाडौं । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानपछि सुरक्षाकर्मीले शुक्रबार राति नै उद्धार गरी ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी […]
बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा
काठमाडौं । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्याए । ८८औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज […]











