काठमाडौँ । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरिएको छ।
उनको न्यायका लागि आफन्त, साथीभाइ तथा समर्थकहरूले सडकमा उत्रिएर शनिबार विरोध प्रदर्शन गरेका हुन्। उक्त प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरूका साथै फिल्म निर्देशक मिनभान बानको पनि उपस्थिति रहेको थियो।
प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढिरहेका बेला सहभागीहरू सडकमा जान खोजेपछि स्थिति केही तनावग्रस्त बनेको थियो। त्यस क्रममा प्रदर्शनकारी र नेपाल प्रहरीबिच केही समय धकेलाधकेल समेत भएको थियो।







