काठमाडौँ । अमेरिकी हमलापछि इरानले पनि मध्यपूर्वमा रहेको उसका सैन्य अड्डाहरूमा हवाई हमला गरेर जबाफ दिएको छ। बहराइन, कुवेत र जोर्डनमा इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हमला गरेको थियो। बहराइनमा रहेको अमेरिकी नौसेनाको मध्यपूर्व कमान्ड सेन्टर फिफ्थ फ्लिटलाई लक्ष्य गरेको छ। बहराइनमा बिहानैदेखि साइरन बजिरहेको भनेर कतारी मिडिया अल जजिराले लेखेको छ। कुवेतको अमेरिकी सैन्य […]
समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरुका लागि सजाय तोक्न आज पेसी
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेसी तोकेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो । नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको ३० […]
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
तेहरान । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै रहेको दाबी गरेको छ। यस हप्ता फेरि भड्किएको तनाव आइतबार पनि जारी रह्यो। इरानले एक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका १४० भन्दा बढी ठेगानामा आक्रमण गरेको बताएको छ। इरानले भने उक्त जहाजले अनुमति नलिएको मार्ग […]
आजको मौसम : न्यून चापीय रेखा तराई नजिक, तीन प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक सरेको छ। यसका कारण मुलुकभरको मौसममा बदली आएको छ। अहिले देशभर अधिकांश क्षेत्रमा बादल लागेको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि […]
ठमेल पर्यटन विकास परिषदमा डङ्गोल नेतृत्वको टिम निर्वाचित
काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को शनिबार आयोजित ३० र ३१ औँ वार्षिक साधारणसभा तथा आइतबार विहान सम्पन्न निर्वाचनमा डङ्गोलले अर्का उम्मेदवार प्रश्रय राजभण्डारीलाई पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए । अध्यक्ष डङ्गोलले ७२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी राजभण्डारीले ३६५ मत […]
गणेशको परिवार र सरकारबीच ९ बुँदे सहमति, परिवार शव बुझ्न तयार
काठमाडौँ । त्रिपुरेश्वरको राहदानी विभाग अगाडि बिहीबार दिउँसो पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीको घटनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तामा पीडित परिवारलाई राहत, रोजगारी, शिक्षा र घटनाको निष्पक्ष छानबिन गर्ने लगायतका बुँदामा सहमति भएको हो। यो सहमतिसँगै पीडित पक्ष शव बुझ्न तयार […]
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
काठमाडौँ । राहदानी छपाइ प्रकरणमा देखिएका अनियमितताका विषयमा छलफल गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक आह्वान भएको छ । समिति सभापति भरतबहादुर खड्काले मंगलबार बिहान ९ बजेका लागि राहदानी छपाइ प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । उनले राहदानी छपाइबारे जानकारी लिन परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूलाई बैठकमा बोलाइएको बताए । राहदानी […]
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले लगायो रोक
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले कार्यक्रम गर्न रोक लगाएको छ । झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोक लगाएको हो । निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘पोस्टर राखेर कार्यक्रम गर्ने तयारी गर्नुभएको रहेछ, […]
सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन
काठमाडौं । सरकार विरुद्ध सुकुमबासीहरूले पनि आन्दोलनको मोर्चा सुरु गरेका छन् । आइतबार मध्याह्न १२ बजेदेखि संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको सहअध्यक्ष नारायण परियार परिश्रमीको नेतृत्वमा कीर्तिपुर होल्डिङ सेन्टरको विषयलाई लिएर माइतीघरमा विरोध प्रदर्शन सुरु भएको छ । सुकुमबासीलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पनि शनिबार प्रहरी र जेनजी पुस्ताका युवाहरूको बिचमा धक्कामुक्की भएको थियो । शुक्रबार राति […]
वर्षे बिदा किताबभन्दा बाहिरको पाठशाला
फेर विद्यालय बन्द भएछ, अब केटाकेटी बिग्रिने भए। सामुदायकि वद्यिालय कति बन्द हुने क्या ? वर्षे बिदा हुँदा आम अभभिावकको चाँसो र चर्चाको वषिय अनि सेरोफेरो यस्तै हुन्छन्। केही दशकअघि लगातार ४५ दिनजति बिदा हुन्थ्यो। असार-साउनको झरी, वर्षा, खोलानाला, खेतीपाती, बर्खाभेलले वास्तवमा विद्यालय पुग्न गाह्रो पनि हुन्थ्यो। छाता दुर्लभ कुरा थियो। प्लास्टिकको घुम, कर्कलाको पातको […]











