वर्षे बिदा किताबभन्दा बाहिरको पाठशाला

फेर विद्यालय बन्द भएछ, अब केटाकेटी बिग्रिने भए। सामुदायकि वद्यिालय कति बन्द हुने क्या ? वर्षे बिदा हुँदा आम अभभिावकको चाँसो र चर्चाको वषिय अनि सेरोफेरो यस्तै हुन्छन्। केही दशकअघि लगातार ४५ दिनजति बिदा हुन्थ्यो। असार-साउनको झरी, वर्षा, खोलानाला, खेतीपाती, बर्खाभेलले वास्तवमा विद्यालय पुग्न गाह्रो पनि हुन्थ्यो। छाता दुर्लभ कुरा थियो। प्लास्टिकको घुम, कर्कलाको पातको छाता, कति मिठो बाल्यकाल  अनि विद्यालय जीवन !

वर्षे बिदासँगै बाआमालाई घरायसी काममा सहयोग गर्ने कुराले सुरु हुन्थ्यो—वास्तविक बिदाको सामाजिक परिवेश। करिब एक महिनाजति बालाई हलो चलाएर साथ दिनुपर्थ्यो। अनि बाले कोदाली चलाएर आली मिलाउनुहुन्थ्यो। दिदीबहिनीले घरमा खाजा–खाना तयारी, घाँसपात, वस्तुलाई पुर्‍याउने जिम्मेवारी बहन गर्नुपर्ने अनि फुर्सद भएपछि भारी वर्षाको कारण खोलामा आएको भेल हेर्न र दाउरा टिप्न एक आनन्दमय क्षण हुन्थ्यो। एक वर्षमा हुने वर्षे बिदाले सीपका पाठ सिएर जान्थ्यो—श्रमको मूल्य अनि किसानको मर्म–धर्म।

हाल आएर समय बदलिएको छ। एक आम अभिभावक आफ्ना बालबालिकालाई विद्यालयमै देख्न चाहन्छन्। विभिन्न सामुदायिक विद्यालयले आ–आफ्नो वार्षिक कार्यपात्रो निर्माण गरेर विद्यालयमा बिभिन्न बिदा दिने गरेका छन् । उक्त बिदाम बालबालिकाले बिभिन्न रचनात्मक क्रियाकलापमा संलग्न भएर बिदा फलदायी र उपयोगी बनाउन सकिन्छ।

विद्यार्थी जीवन तपस्याभन्दा कम छैन। हालको प्रचलति शिक्षा नियमावली २०५९ अनुसार कमसेकम २२० दिन विद्यालय खुल्नुपर्ने व्यवस्था रहेको छ, र तीमध्ये १९० दिन पढाइ हुनैपर्छ। वैज्ञानकि रूपमा शिक्षाको राष्ट्रिय तहगत बिषयगत उद्देश्यहरू प्राप्त गर्न २२० दिनको समय पर्याप्त हुने खाका तयार पारिएको छ। तर हाल विद्यालय शिक्षामा भएको प्रतिस्पर्धात्मक चलनले खुल्नुपर्ने २२० दिन पनि कम भएको महसुस हुन्छ। झन १० औं संशोधनको गर्भको कुरो र थप आईतबारको बिदाको बिषयमा अभिभावकहरुको दृष्टिकोणबाट हामी फिल्डमा काम गर्ने शिक्षक अनभिज्ञ पक्कै छैनौ र विद्यालयको अध्ययन समयसँगै नम्बर, ग्रेड तथा जीपीएको दौडमा बिद्यार्थीहरू दौडन्छन् या दौडाइन्छन्।  ट्युसन–कोचिङ सुरु हुन्छ अनि ह्रास हुन्छ—वद्यिार्थीको बालापन, सामाजिक–शारीरिक, संवेगात्मक विकास र बौद्धिक उन्नति ।

एक आम अभभिावक आफ्ना बालबालिकाको शिक्षाप्रति चिन्तित हुनु स्वभाविक हो। तर उक्त चिन्तामा बालबालिकालाई १२ घण्टे बिद्यालयको बास बसाउनु कतिको स्वभाविक हो ? यसले बाल मनोविज्ञानमा कस्तो असर पार्छ ? यो प्रमुख प्रश्न हो। बिद्यालयमा अतिरिक्त कक्षाहरूवापत लाग्ने अतिरिक्त शुल्क तथा खर्चका लागि तयार हुन्छन् आम अभिभावक, तर त्यससँगै बालबालिकाको सकिरहेको बालापनको पक्षबारे जानकार हुँदैनन्।

हालसालै सामाजिक सञ्जालमा आएको एउटा ट्रेन्ड पोस्ट, जसमा ४।०० जीपीए ल्याएका विद्यार्थी भाइबहिनीहरुको घरायसी आचारसंहीता र पारिवारिक चालचलनमा प्रश्न उठाइएको छ—व्यावहारिक पक्षको गतिलो ढंगले उपहास गरिएको छ। हाम्रा बालबालिकाहरुका लागि अभिभावकत्व कतातिर गइरहेको छ भन्ने प्रश्न उब्जिएको छ।

घर-समाजको भूमिका 

बालबालिकाको लागि घर–समाज कुनै विश्वविद्यालयभन्दा कम होइन। अझ, घर त उनीहरूको पहिलो पाठशाला नै हो। अतः घर–समाजबाट सिकेका कुराले जीवनमा गहिरो प्रभाव पार्छ। अभिभावकले घरायसी काम, व्यवहार, अनुशासन र सिप यस बिदाको समयमा सिकाउन सक्छन्।

होटल व्यवस्थापनको महँगो पढाइको आधारभूत ज्ञान चुलोचौकाबाट सकिाउन सकन्छि। खेतीपातीमा सामान्य सहभागिताबाट किसानका दुःख–सुख बुझ्न, श्रमको मूल्य थाहा पाउन, र किसानलाई सबै पेशाको जननीको रूपमा स्वीकार गर्न सघाउँछ। प्रसद्धि शक्षिावद्भा गिजुभाई बदेखाको दर्शनमा विद्यार्थीलाई नरिन्तर पढाएर मात्र होइन्, फुर्सद दिई सोच्ने, बुझ्ने, कल्पना गर्ने मौका दिनुपर्छ । बिदा त्यो मौका हो। अझ उहाँ बिदालाई पुस्तकभन्दा बाहिरको सिकाई, प्रकृतिको अनुभव, घरपरिवारसँगको आत्मीय सम्बन्ध र व्यावहारिक शिक्षाको प्रयोगशालाको रुपमा लिनुहुन्छ।

फुर्सदमा आफ्ना आफन्त, नातागोता, मावली, काका–काकी, पुरानो थाकथलोमा पठाएर सामाजिक–पारिवारिक सम्बन्ध सबल बनाउन सकिन्छ। हजुरबुबा–हजुरआमासँगको सहकार्यले अनुभवको सिधा हस्तान्तरण हुन्छ।

सीप र सिर्जनात्मक अभ्यासका अवसरहरू

बालबालिकालाई स्केटङि, चित्रकला, वाचन, उद्घोषण, गायन, वादन आदि समर क्याम्पहरूमा संलग्न गराउन सकिन्छ। सूचीगत पुस्तकहरू उपलब्ध गराएर पठन संस्कृतिको विकास गर्न सकिन्छ । बालमनोविज्ञानसँग मेल खाने फिल्म हेर्न दिने फिल्मोगोजी (film pedagogy) को प्रयोगले पनि सकारात्मक प्रभाव पार्छ। नेपाली, हिन्दी, अंग्रेजी, कोरियन आदिमा उत्कृष्ट शैक्षिक–सामाजिक फिल्मीहरूको सूची बनाउन सकन्छि।

निष्कर्ष,

वर्षे बिदा भनेको केवल आराम होइन, एउटा कूलङि पिरियड पनि हो—जीवन बुझ्ने, सीप सिक्ने, समाज चिन्ने समय हो । यदि योजनाबद्ध रूपमा सदुपयोग गर्न सकियो भने यो बिदा कुनै विश्वविद्यालयले दिन नसक्ने शिक्षा दिने अवसर बन्न सक्छ।

लेखक राजकिशोर चौधरी अम्बेवर मावि राजाबास, उदयपुरका अंग्रेजी बिषयका शिक्षक हुन् ।