काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिएकी छन्। सोमबार फेसबुकमार्फत् धारणा राख्दै उनले हालै काठमाडौँमा सञ्चार माध्यमदेखि सडकमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबर्जस्ती क्षयीकरण गरिरहेको बताएकी हुन्। राज्यको माथिल्लो तहमा बस्नेहरूले ‘पाठ सिकाउने’ […]
समाचार
खुले काठमाडौंका नाका, रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागे
काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य नाकाहरुबाट सवारी साधनको आउ–जाउ खुला गरिएको छ । वर्षाको कारण यात्रामा जोखिम रहेको भन्दै हिजोदेखि रोकिएका सवारी साधनहरु आज बिहानबाट गन्तव्यमा पठाउन थालिएको हो । अहिले नागढुंगा, साँगा, माछापोखरी लगायतका नाकाहरुमा सवारी साधनहरुको चाप छ । ट्राफिक प्रहरी एफएमका अनुसार ललितपुरको भट्टेडाँडामा बाहेक अन्य स्थानमा सवारी आवागमन जारी छ । […]
गृहमन्त्री भेट्न आउने खबरले निजगढमै रोकिए काठमाडौँ हिडेका मिटरब्याज पीडित
जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ भेट्न आउन लागेको खबर पाएपछि काठमाडौँ हिडेका मिटरब्याज पीडित निजगढमै रोकिएका छन् । राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्किन लागेका उनीहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री सुधन गुरुङ भेट्न आउन लागेको जानकारी गराएको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए । ‘हामी आज बिहान पैदल मार्चमा […]
सुनसरीमा विद्युत् प्राधिकरणको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु
विराटनगर । सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरण धरानको स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुहबी- धरान ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि मर्मतका लागि गएको बा१ञा १६५१ नम्बरको स्कोरपिओ दुर्घटनामा परेको हो । सोमबार राति करिब ११ बजे कोशी लोकमार्गअन्तर्गत इटहरी–२० स्थित सेउती पुल नजिकै प्राधिकरणको स्कोरपिओ गाडी […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका धरै स्थानमा […]
लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड, सबै नाका बन्द
काठमाडौं । वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ । नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान […]
प्रश्न गर्ने हक र हिम्मत कसैले खोसेर खोसिंदैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरूको प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन् । पार्टीको एक कार्यक्रममा सोमबार सम्बोधन गर्ने क्रममा उनले आफ्नो पूरानो घर रहेको रातोपुलमा समेत शंकास्पद तरिकाबाट गाडी राखिएको जानकारी गराउँदै यस्तो बताएका हुन् । सरकार आफैं प्रश्न गर्नेको मुख बन्द गर्न लागिरहेको बताउँदै यो अचम्मको […]
आत्मदाह गरेका गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्याइएको थियो । पीडित पक्ष […]
माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानव अधिकार आयोगमा उजुरी
काठमाडौँ । जेनजी अभियानी माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा सरकार, गृह प्रशासन र प्रहरी विरूद्ध उजुरी दिएको हो। अलायन्सले गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा खटिएर अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली र प्रधानमन्त्री कार्यालय/ गृह मन्त्रालयबाट समन्वय गरी पठाइएको प्रतिनिधि बताउने ओजस्वी […]
सिन्धुपाल्चोकको इकोमा सडक भासिंदा तातोपानी नाका पुनः ठप्प
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुनः ठप्प भएको छ ।भोटेकोसी गाउँपालिका-२ कोदारीको इकोमा सडक भासिएपछि नेपाल-चीन जोड्ने तातोपानी नाका सोमबार पुनः ठप्प भएको हो। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी […]











