काठमाडौँ । राष्ट्रिय सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहलाई नेपाली हिटलरको संज्ञा दिएका छन्। बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ठाकुरले प्रधानमन्त्री बालेनलाई ‘नेपाली हिटलर’ को संज्ञा दिएका हुन्। ‘नेपाली हिटलर भइसकेको छ। उसले जे बोल्छ, त्यही ठीक। जो गर्छ, त्यही कानुन हो,’ उनले भने। सरकारले दिएको आश्वासनहरूमध्ये अहिलेसम्म एउटा […]
समाचार
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
काठमाडौँ। प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डीपी अर्यालले आगामी बैठक साउन १४ गते बस्ने सूचना पढेर सुनाएका हुन् । उनले बैठक नभएको समयमा जनतामाझ जान सांसदहरूलाई आग्रह गरे। उनले जनताका समस्या बुझ्न र सोहीअनुसार आगामी बैठकमा सरकारको ध्यानाकर्षण गराउन भनेका हुन् । आजको प्रतिनिधिसभाको बैठक अगाडि […]
इरानमा नाकाबन्दी लगाउन २० वटा युद्धपोत र सयौँ लडाकु विमान परिचालन
काठमाडौँ । अमेरिकाले इरानमाथि नाकाबन्दी गर्न मध्यपूर्वमा ठूलो शक्तिसहितको सैन्य परिचालन गरेको छ। वासिङ्टनको समयअनुसार आइतबार अपराह्न ४ बजेदेखि अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी घोषणा गरेको थियो। नाकाबन्दीपछि इरानमा तेल लिन जाने र तेल लिएर आउने पानी जहाजहरू हर्मुज जलमार्ग हुँदै आवत जावत गर्न रोक लगाइएको छ।नाकाबन्दी कार्यान्वयनका लागि मध्यपूर्वमा २० भन्दा बढी अमेरिकी युद्धपोत र सयौँ […]
सांसदले पुँजी बजार सम्बन्धमा उठाएका विषयमा १० दिनभित्र प्रतिवेदन बुझाउन अर्थ समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पुँजी बजार, बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीसँग सम्बन्धित सांसदहरूले उठाएका विषयमा १० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ तथा सम्बन्धित निकायसँग भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको […]
विश्वकप २०२६ : फ्रान्सबिरुद्ध शानदार जित निकाल्दै स्पेन फाइनलमा
काठमाडाैँ । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा युरोपेली महारथी स्पेनले फ्रान्समाथि २–० को शानदार जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । डलासको स्टेडियममा भएको रोमाञ्चक र उच्च दबाबपूर्ण भिडन्तमा स्पेनले फ्रान्सको लगातार तेस्रो पटक फाइनल पुग्ने सपनालाई समाप्त पारिदिएको हो । योसँगै स्पेन आफ्नो इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले देशभर साधारणता बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
काठमाडौँ । आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरी नै साविककै […]
ऐन महरको दावी : सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको आधारमा सरकारको समर्थनसँगै विरोध गर्दा आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले उपलब्ध गराएको समयमा बोल्ने क्रममा उनले आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका हुन् । आफूहरू सदनमा जनताका कुरा राख्न जनताबाटै […]
सरकारलाई सर्वाेच्चकाे झट्का, निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय खारेज
काठमाडौँ । निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । २०८२ चैत १८ गते सरकारले सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई मात्र दिने र निजी सञ्चारमाध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो। नेपाल […]
विवेकशील अभियान, जेनजी मुभमेन्ट र नागरिक सर्वोच्चतालाई लडेका सांसदको मुखमा टेप लागेको छ- निश्कल राई
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आन्दोलन गरेका जेनजीहरूले अहिले सरकारबाटै लाठी खानुपरेको टिप्पणी गरेका छन्। उनले जेनजी आफैले रोजेको सरकारले उनीहरूमाथि नै लाठी प्रहार गरेको उल्लेख गरेका हुन्। उनले माजिद अन्सारीलगायत अभियन्ताले प्रश्न गर्दा सरकारकै लाठी खाइरहेको उल्लेख गरेका हुन्। ‘जुन जेनजीले अभिव्यक्ति स्वतन्त्रता माग्दै सडक ओगटेको थियो, […]











