मिटरब्याज पीडित र सरकारी टोलीबिच आज निर्णायक छलफल हुँदै

काठमाडौँ । सरकारी वार्ता टोली र काठमाडौँ आइपुगेका मिटरब्याज पीडितका प्रतिनिधिबिच आज (शुक्रबार) निर्णायक वार्ता हुने भएको छ ।बिहीबार साँझ पहिलो चरणको छलफल सकिएको र शुक्रबार बिहान ९ः३० बजे दोस्रो चरणको वार्ता हुने तय भएको छ । यसअघि जनकपुरबाट पैदल यात्रा सुरु गरी बाराको निजगढ आइपुगेका पीडितहरू सरकारसँग वार्ता गर्न सहमत भएपछि बिहीबार साँझ हवाई […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागका केही स्थानमा, कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

सरकारी कर्मचारीको बढेको तलब भोलिदेखि कार्यान्वयनमा

काठमाडौं । सरकारले बजेट मार्फत गरेको निजामती र सार्वजनिक सेवामा रहेका कर्मचारीको तलब बढाउने घोषणा १ साउन शुक्रबारदेखि कार्यान्वयनमा आउँदै छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरिएको थियो । बजेट मार्फत कर्मचारीको आधारभूत तलब १० प्रतिशतले बढ्ने घोषणा गरिएको थियो । साथै, बजेटमा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणाली सुरुवात गर्न नयाँ […]

व्यक्तिगत आयकर सीमा न्यूनतम १० लाखको प्रावधान भोलि शुक्रबारदेखि लागु हुने

काठमाडौं । सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान (भोलि श्रावन १ गते) शुक्रबारदेखि लागु हुँदैछ । आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ । नयाँ आव शुक्रबारदेखि सुरु हुँदैछ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाएको छ । अर्थ मन्त्रालयका अनुसार करको […]

कार्की सरकारको निर्णय उल्ट्याउदै बालेनले ब्युँताए सांसदहरुले स्वकीय सचिव राख्न पाउने व्यवस्था

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खारेज गरेको सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय बालेन शाह नेतृत्वको सरकारले उल्ट्याएको छ ।  बालेन क्याबिनेटको यसअघि बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताएको हो। ‘सांसदहरूले पहिला जे सुविधा पाउँदै आउनु […]

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। बुधबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय […]

कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

काठमाडौं । कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । कैलालीबाट एक जना र धरानबाट दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका १० घुइयाँघाटबाट गएराति साढे १० बजे लागुऔषध ब्राउन सुगरसहित स्थानीय ३५ वर्षीय राजेश रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट १६६ मिलिग्राम […]

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ। बिहीबार बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरेहको छ। गोरखाको आरूघाटमा पछिल्लो एक घन्टामै १९ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो चौबीस घन्टामा ताप्लेजुङको तापेथोकमा ८१ मिलिमिटर, नवलपुरको कोलुवामा ७०.६ […]

सहमतिबिनै आन्दोलन रोक्नु गृहमन्त्रीको दवाव, मिटरब्याज पीडितले वार्तासँगै संघर्ष जारी राख्ने

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता विफल भएको छ । बुधबार साँझ भएको वार्तामा गृहमन्त्री सुधन गुरुङले सहमति भन्दा पहिला नै आन्दोलन स्थगित गर्न दवाव दिए पनि सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् । निजगढमा बुधबार मध्यराति सहमति बिनै वार्ता टुंगिएको हो । सरकारी वार्ता टोलीको नेतृत्व […]

इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौं । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका […]