रौतहट, २८ असार । भारको बैरगनीया र रौतहटको गौरबीच रहेको रहेको बाँधका कारण रौतहट पूरै डुवानमा परेको छ । भारतले बनाएको उक्त बाँधका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती पूरै डुवानमा परेका हुन् । भारतीय पक्षले बाँधका पानी थुन्ने ढोका खोल्नुको सट्टा अझै बाँधको सुरक्षामा लागेपछि भारतप्रति सामाजिक सञ्जालमा ठूलो आक्रोश […]
समाचार
बाढी पहिरोबाट बच्ने ८ उपाय
काठमान्डू, २८ असार । केही दिनदेखि देशभर वर्षा भइरहेको छ। अविरल वर्षापछि आएको बाढी तथा खसेको पहिरोले धनजनको क्षति सुरु गरेको छ। अहिलेसम्म मुलुकभर २६ जनाको मृत्यु, १५ जना बेपत्ता तथा सैयौं घाइते भएको तथ्यांक प्रहरीले दिएको छ। अझै भारी वर्षा जारी रहने भएकाले बाढी, डुबान तथा पहिरोको जोखिममा रहेकाहरूले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। यस […]
पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता
भोजपुर, २८ असार । भोजपुरमा लगातारको वर्षापछि गएको पहिरोमा परि एकै ३ जना बेपत्ता भएका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ तुन्ताङमा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । शनिबार बिहान मान्छा घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथा उनका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार सम्पर्कविहीन भएको […]
सप्तकोसीको पानीले खतराको तह पार ग¥यो, आसपासका वासिन्दालाई सचेत रहन चेतावनी
काठमाडौं, २८ असार । सप्तकोसी नदीमा आएको बाढीले खतरा तह पार गरेपछि सरकारले त्यस क्षेत्र आसपासका वासिन्दालाई सचेत रहन चेतावनी दिएको छ । मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको जनाएको छ । सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । […]
इन्टरनेटमा खोजमा गुगलको एकछत्र राज सकिँदै
एकदेशमा गुगल अनलाइन जीवनको शुरूवात र अन्त्य थियो । यदि तपाईँले चिने जानेको खोज बाकसमा केही शब्द लेखेर खोज्दा भेटिएन भने सायद त्यो चीज कतै नहुन सक्थ्यो। गुगल भनेकै इन्टरनेट थियो। “लामो समयको लागि खोज्ने भनेकै शब्दहरूको झोला थियो,” गार्टनरका सर्च इन्जिन विशेषज्ञ स्टेफन इम्मोट भन्छन् । गुगलसँग शब्दहरूको ठूलो झोला भएको र त्यो झोलाबाट […]
अमेरिकी विरोधका बीच टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्यायो
अमेरिकाले विरोध जनाएपनि टर्कीले रुससँग किनेको एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार सो ढुवानी शुक्रवार राजधानी अंकारास्थित एक विमानस्थलमा आइपुगेको हो। टर्कीले रुसी एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अमेरिकी एफ-३५ लडाकु विमान सँगै राख्न नपाउने बताउँदै आएको अमेरिकालाई क्रुद्ध बनाउने छ । टर्की र अमेरिका उत्तर एटलान्टिक सन्धि […]
प्रधानमन्त्री ओली ‘झुक्किएका’ तीन प्रकरण
भारतबाट आउने फलफूल तरकारीको विषादी परीक्षण स्थगन गर्ने निर्णय फिर्ता लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रकरणलाई लिएर माफी मागेका छन्। उनले बिहीवार एक सार्वजनिक कार्यक्रममा विषादी परीक्षणबारे भारतले पठाएको पत्रबारे आफूलाई सरोकारवाला अधिकारी वा मन्त्रालयले जानकारी नदिएको बताए । विषादी परीक्षण सम्बन्धमा नेपाल र भारतका अधिकारीहरूबीच भएको पत्राचारबारे आफूलाई समयमैँ जानकारी नदिइएकोले […]
अविरल वर्षापछिको बाढीपहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो
काठमाडौँ । चार दिन देखिको लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ । त्यस्तै ५ जना घाइते र ८ जना बेपत्ता भएका छन् । शुक्रबार बेलुकीसम्ममा बाढी र पहिरोबाट खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २ र भोजपुरमा २ जनाको मृत्यु भएको छ ।यसैगरी धादिङमा २, झापामा १, सिन्धुलीमा १, […]
जन्मने बित्तिकैको शिशु अस्पतालबाटै चोरि
पाल्पा, २८ असार । तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजबाट जन्मने बित्तिकैको नवजात शिसु चोरि भएको छ। तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा दिउँसो ३ बजे तिर हराएको प्रहरीको भनाइ छ । उक्त शिशुको खोजि भैरहेको प्रहरी […]
कालिगण्डकीले सडक कटान गरेपछि बेनी–जोमसोममा आवागमन बन्द
पाेखरा, २७ असार । कालीगण्डकी नदीको बाढीले सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करीब १० मिटर सडक कटान गरेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएको हो। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडक अवरुद्ध हुँदा बेनी र जोमसोमका लागि गुडेका सवारीसाधन बीच बाटोमै […]








