काठमाडौं, ५ माघ । ललितपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद नवराज सिलवालले सरकारलार्इ चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेर सकिने बेला प्रतिशाेध साध्ने नाैटङ्की नगर्न चेतावनी दिएका हुन् । उनले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साधेको आरोप पनि लगाएका छन् । साथै उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका […]
समाचार
प्रदेश प्रमुखलार्इ कानुनभन्दा माथि राखियो, जस्तो अपराध गर्दा पनि मुद्दा नलाग्ने व्यवस्था
काठमाडौं, ५ माघ । सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई कुनै पनि कानुनले छुने छैन । उनीहरुले पदमा रहँदासम्म जस्तो कार्य गरेपनि कुनै अदालतमा प्रश्न गर्न पाइने छैन । राजनीति पार्टीका नेताहरुले संविधान लेखनमा प्रदेश प्रमुखलाई संविधानभन्दा माथि राखिएको छ । केन्द्रमा राष्ट्रपतिलाई झैं पदमा रहँदा गरेका कुनैपनि कामहरुलाई लिएर अदालतमा जाने नपाइने कानुन बनाएको छ […]
जवानले प्रहरी चौकीभित्रै गोली प्रहार गरेपछि ९ प्रहरीको मृत्यु
काठमाडौं, ५ माघ । अाफ्नै सहकर्मीको गोलीबाट ९ प्रहरीको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार प्रहरीको पोशाकमै रहेका एक जना जवानले प्रहरी अधिकारीहरुमाथि अन्धाधुन्दा गोली हानेका थिए । प्रहरी चौकीमै भएको घटनामा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय […]
राष्ट्रिय सभाका लागि २१ दल भिड्दै, आयोगले दियो यस्तो चुनावचिन्ह
काठमाडौं, ५ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि २१ वटा दलले चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभाका लागि दर्ता भएका २१ राजनीतिक अाज चुनाव चिन्ह दिएकाे हाे । अायाेगले नेकपा एमाले (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय […]
दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत
दोलखा, ५ माघ । दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका […]
दुई रुखको जराको बीचमा ४५ वर्षीय पुरुषको शव फेला
कञ्चनपुर, ५ माघ । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ । दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरी […]
प्रधानमन्त्री देउवाको डमी शव बनाएर अन्तिम संस्कार गरियो
डोटी, ४ माघ । डोटीवासीले प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तिम संस्कार गरेका छन् प्रदेश नम्बर ७ को राजधानी डोटी माग गर्दै आन्तोलानरत जिल्लावासीले आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सब यात्रा निकालेका हुन् । लामो समयदेखि आन्तोलनरत डोटी बासीले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आइरहेका थिए । बुधबार सरकारले प्रदेश ७ को मुकाम राजधानी धनगढी […]
अनुराधाकाे नियुक्ति विवादमा, दाहालले भने, अनुराधा इण्डियन हुन्
काठमाडौं, ३ माघ । राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालले ३ नम्बर प्रदेश प्रमुखको रुपमा नियुक्ती पाएकी अनुराधा कोइराला भारतीय भएको अारोप लगाएका छन् । बुधबार सरकारले कोइरालालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । दाहालले सामाजिक संजालमा कोइरालाको बायीग्राफिले भारतीय देखाएको बताउँदै सरकारसँग जवाफ मागेका छन् ।’माइती नेपाल’ मा पश्चिमा देशहरुको लागनी भएको बताउँदै दाहालले […]
कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेशका राष्ट्रपति ‘रुढीवादी काँग्रेसी’
काडमाडौँ, ४ माघ । लामो समयको घम्साघम्सी, धक्काधक्की र घोचपेचपछि सरकारले बुधबार प्रदेश प्रमुख नियुक्त गर्नुको साथै अस्थायी राजधानी तोकेको छ । सुरुमा सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले प्रदेश प्रमुख र अस्थायी राजधानीबारेको निर्णय गर्न डराएको थियो । निर्णयपछि उत्पन्न हुन सक्ने विरोधको सामना गर्न तयार भएको थिएन । उसले नेकपा एमाले र माओवादी केन्द्रको […]
धनुकटामा ठूलो झडप, प्रशासन कार्यालयमा आगजनी, गोली चल्दा ३ घाइते
काठमाडाैं, ४ माघ । सरकारले प्रदेशका अस्थायी मुकाम ताेकेपछि विभिन्न प्रदेशमा अान्दाेलन चर्किएकाे छ । यसैक्रममा धनकुटामा प्रहरी र अान्दाेलनकारीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बुधवार बसेकाे मन्त्रिपरिषद बैठकले एक नम्बर प्रदेशकाे अस्थायी केन्द्र विराटनगर ताेकेपछि त्यसका विरुद्ध धनकुटामा अाज बिहानैदेखि प्रदर्शन सुरु भएकाे थियाे । धनकुटालार्इ नै एक नम्बर प्रदेशकाे […]