केही महिनाअघि रुपन्देहीको तिलोत्ततमा ढिकुलीगढस्थित नमुना महिला आधारभूत विद्यालय प्रावि तहको एउटा दरबन्दी खाली भयो । शिक्षक दरबन्दी खाली भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए । निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले विद्यालयको खातामा दुई लाख रुपैयाँ राखिदिनेलाई मात्रै सरुवाको सहमति दिने प्रस्ताव राखे । अन्ततः दुई लाख बुझाउने सर्तमा […]
समाचार
किन गर्यो भारत सरकारले जम्मू-कश्मीर राज्यको विशेषाधिकार खारेज ?
भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन् । दोस्रो कार्यकालका लागि पुन: प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले सो सम्बन्धी सूचना राज्यसभालाई दिएको हो। तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरलाई विधानसभासहित […]
सरकारको निर्णयप्रति सांसद राजेन्द्र महतोको आपत्ती : कुन राजेन्द्रको नागरिकता खारेज गरेको हो ?
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका नेता समेत रहेका सांसद राजेन्द्र महतोले सरकारप्रति आक्रोस पोखेका छन् । सरकारले सार्वजनिक गरेको नागरिकता खारेजीसम्बन्धी निर्णयप्रति उनले आक्रोस पोखेका हुन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतोले नागरिकता खारेजीसम्बन्धी समाचार व्यापकरुपमा प्रचारप्रसार भएको भन्दै त्यो कुन राजेन्द्र महतो हो भन्ने प्रतिप्रश्न गरेका छन् । ‘सरकारले राष्ट्रियतासँग जोडिएको संवेदनशील […]
बेचबिखनको जोखिममा नेपाली
काठमाडौँ, २० साउन । नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आज सार्वजनिक गर्नुभएको सो प्रतिवेदनमा वैदेशिक रोजगारी, अध्ययन र मनोरञ्जनजस्ता पेशामा गएका हालसम्म करीब ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ […]
घुस लिएको आरोपमा अधिकृत पक्राउ
हेटौँडा, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले जनाएको छ । आयोगका अनुसार अधिकृत अमात्यलाई आइतबार आयोगको हेटौँडाको टोलीले कार्यालयबाट नै पक्राउ गरेको हो । उद्योग […]
संसदमा चार समितिका प्रतिवेदन पेश
काठमाडौँ, २० साउन । प्रतिनिधिसभाको बैठकमा चार समितिका अलगअलग प्रतिवेदन पेश गरिएको छ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गरेका थिए । यसैगरी कानून न्याय तथा मानवअधिकार समितिका सभापति […]
वार्ता र संवादको नयाँ कार्य पुनः थालनी भएको नेताहरुको दाबी
काठमाडौँ, २० साउन । वार्ता, सहमति, सहकार्य र एकताबाट समस्याको समाधान निकाल्दै आएका राजनीतिक दलले सदनको गतिरोध अन्त्य गर्न पुनःसोही बाटो अवलम्बन गरेका छन् । सदनमा २६ दिनदेखिको गतिरोध अन्त्य गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले सहकार्य र एकतालाई निरन्तरता दिँदै सदनको गतिरोध अन्त्यसमेत गरेका छन् । सभामुख कृष्णबहादुर महराको विशेष पहलमा सदनको गतिरोध […]
कर्मचारीले १० महीनादेखि तलब पाएनन्
भीमदत्तनगर, २० साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित विगठित महेन्द्रनगर नगरविकास समितिको कार्यालयमा कार्यरत सात कर्मचारीले विगत १० महीनायता तलब पाएका छैनन् । विघटित नगरपालिका समितिका छ स्थायी र एक करारका कर्मचारीले तलब नपाएकोे गुनासो गरेका हुन् ।“नगरविकास समिति विगठन भएको पनि महिनौँ भइसक्यो”, विगठित नगरविकास समितिका सूचना अधिकृत पुष्पराज भट्टले भने, “हामीले गत कात्तिक महीनादेखि तलब […]
सिडिओको आदेशले नेकपाका पोलिटब्यूरो सदस्य कार्की रिहा
काठमाडौं, २१ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त रिहा भएका छन् । साढे चार महिना हिरासतमा राखेर उनलाई रिहा गरिएको हो । कार्की गत चैत १ गते ललितपुरको आफ्नै निवासबाट पक्राउ परेका थिए । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालत […]
लागु औषध ओसारपसारका अनेक काइदा, यसरी पक्राउ परे महन्थ
पर्सा, २० साउन । पर्सामा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार गौनाहा भितिअर्वाको पञ्चायत वडा नं.५ बस्ने २० वर्षीय महन्थ राम रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोक स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल […]










