कच्ची सडकको लेदोले राजमार्ग अवरुद्ध

धादिङ, २० साउन । पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका वडा नं ८ चारकिलोस्थित राजमार्गमा आएको लेदोले सवारी साधन अवरुद्ध बनाएकोे छ । ग्रामीण सडक खन्दा व्यवस्थापनमा ध्यान नदिएका कारण कच्ची सडक खनेको स्थानको लेदो माटोले राजमार्ग अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार डोजरको सहायताले पहिरो पन्छाउने […]

वर्षात्मा महिनावारीको समय छाउपडीलाई कठिन

लम्की, २० साउन । वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता रहेका महिलालाई पाँच दिन कटाउन कठिन हुने गरेको उनीहरुले बताएका छन् । टीकापुर– ८ बटनपुरकी राधा रावल वर्षात् लागेपछि छाउगोठ बस्नुपर्ने डरले सङ्गीनी सुई लगाउछिन् । उनले सङ्गीनी सुई लगाउँदा आफ्नो महिनावारी रोकिने भएकाले […]

सिमेनको स्थापना दिवसमा वृक्षरोपण

काठमाडौँ, २० साउन । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ सिमेन को १९औँ स्थापना दिवसको अवसरमा आज टोखा नगरपालिका– ३ भूतखेलस्थित इन्द्रायणी सामुदायिक वनमा विभिन्न १९ प्रकारका फलफूलका बिरुवा रोपिएको छ । वृक्षरोपण कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले शहरी वातावरणीय स्वच्छताका लागि रोपिएका बिरुवाको संरक्षण गर्नु आवश्यक भएको बताए । उनले यस प्रकारका कार्यक्रमबाट वातावरण व्यवस्थापनमा सन्देशमूलक […]

ठूलीभेरीले तीन घर बगायो

रुकुमपश्चिम, २० साउन । आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो । स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ […]

ज्येष्ठ नागरिकलाई भत्ता दिँदै सामुदायिक वन

मुग्लिन, २० साउन । चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउदैँ आएको छ । सो सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो । वनजङ्गल र वन्यजन्तु संरक्षणसँगै वन पैदावर सामग्रीबाट प्राप्त भएको आम्दानी रकमबाट प्रति ज्येष्ठ नागरिकलाई भत्ता […]

चार किलो सुनसहित चिनियाँ पक्राउ

काठमाडौँ, २० साउन । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले आइतबार राति १०ः५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौँ आएका निंछिलाई […]

सरकारले तोकेको शिक्षक र कर्मचारीको नयाँ तलबमान यस्तो छ, हेर्नुहोस विस्तृत

काठमाडाैं, १९ साउन । सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् । उनले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका […]

टोकियोमा नेपाली पत्रकारहरुबीच अन्तरक्रिया, सहकार्यमा जोड

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानका पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आइतवार जापानका नेपाली पत्रकारहरुको अवस्था, समाचार प्रस्तुती र चुनौती लगायत विषयमा भएको कार्यक्रममा एक दर्जन बढी सक्रिय पत्रकारहरू सहभागिता रहेको थियो । पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय सदस्य […]

अर्थमन्त्री; कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ

काठमाडौँ, २० साउन । अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताएका छन् ।आन्तरिक राजश्व विभागद्वारा आयोजित व्यवस्थापन गोष्ठीमा उनले कर प्रणालीलाई वैज्ञानिक बनाउने र एकीकरण गर्ने सन्दर्भमा सुधारको प्रयास भइरहेको जानकारी दिए । अर्थमन्त्री खतिवडाले अहिले भएका सुधारबाट […]

राति गएको पहिरोमा परी तीनको मृत्यु

बागलुङ, २० साउन । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा हराएका असारी र प्रवीणको शव केहीबेर अघि भेटिएको बोङ्गादोभान प्रहरी चौकीका […]