काठमाडौँ, २० साउन । केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर नेपाल तर्फ सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताए। हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा […]
समाचार
Disappeared adolescent duo found in Purniya of India
Surunga, Aug 5,Two adolescent sisters who went missing from Jhapa, Birtamod-4 since July 30 have been found in Purniya of India. According to Mohan Thapa, Deputy Superintendant of Police (DSP) of Area Police Office, Anarmani, they were able to find Pooja Saha, 16, and Punjan Saha, 14, in India in collaboration with Interpol. The sister […]
नवलपरासीका ७० घरेलु तथा साना उद्योग खारेज
परासी, २० साउन । घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५÷०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग […]
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
दमौली, २० साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक गए राति मोटरसाइकल दुर्घटना हँुदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यास नगरपालिका–५ चापाघाटबाट दमौलीतर्फ आउँदै गरेको ग ५ प २६३९ नं को मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार […]
सेटिङमा नयाँ बसपार्क कब्जा, काठमाडौँ महानगर र बसपार्क सञ्चालकबीच यस्तो सम्झौता
काठमाडौँ,२० साउन । काठमाडौँ महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ । ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रुपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारीको सहारा लिएको थियो । तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको […]
एकै जिल्लाका ११ निर्माण कम्पनीबाट २ करोड बढी हर्जाना असुल
भीमदत्तनगर, २० साउन । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिए । “सम्झौतामै समयमा काम नसक्ने निर्माण पक्षलाई पूर्व निर्धारित […]
बागलुङका सडक मानवरहित बनाउने महाअभियान सुरु
बागलुङ, २० साउन । बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा हातेमालो गरेका छन् । जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने मानवसेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले बताए । “आउँदो वर्षभित्र बागलुङलाई सडक मानवरहित बनाउने लक्ष्य छ”, उनले भने, “बेसहारा बनी […]
स्कूलजाँदा नेपालमै हराएका दुई बालिका भारतको पूर्णियामा फेला
सुरुङ्गा, २० साउन । साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । झापाकाे स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु […]
नागका मन्दिर र घरघरमा नागको पूजा गरिँदै
पोखरा, २० साउन । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, […]
तेमालमा ‘भ्रमण वर्ष’ लक्षित गरेर हाइकिङ सुरु
काभ्रे, २० साउन । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो । तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गरेका हुन । “तेमाल […]










