प्रलोपा र उज्यालो नेपाल पार्टीबिच सहकार्यबारे छलफलको तयारी

काठमाडौँ । डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबिच चुनावी सहकार्यबारे छलफल हुने भएको छ । आइतबार साँझ प्रलोपा र उज्यालो नेपाल पार्टीका नेताहरूबिच आगामी निर्वाचनमा सहकार्यका सम्भावनाबारे छलफल गर्न छलफल हुन लागेको हो । यसअघि रास्वपा र बालेन सहितको एकतामा जोडिने भनेका कुलमान अन्तिम समयमा छुटेका […]

सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता […]

रवि र बालेनको सम्झौतालाई हर्क साम्पाङले भने- विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने काम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्। आइतबार बिहानै रवि र बालेनबिच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त सम्झौताको कटाक्ष गरेका हुन्। उनले विदेशी हस्तक्षेपलाई संस्थागत गर्नका लागि बालेनले ‍रवि लामिछानेसँग […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा […]

सूर्यविनायक-५ का स्थानीयलाई ट्राफिक सचेतना कार्यक्रम

traffic police

भक्तपुर । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर र सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा ट्राफिक सचेतना कार्यक्रम शनिबार सल्लाघारीमा सम्पन्न भएको छ । वडा नम्बर ५ मा क्रियाशील विभिन्न टोल सुधार समिति, मुख्य सडक छेउका ब्यवसायी र स्थानीयलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरकी प्रमुख […]

ज्योति डिस्टिलरीमा विस्फोट, एकको मृत्यु, ६ कामदार घाइते

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। […]

गोदावरीका मेयरसहित १४ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । अख्तियारले सात आधार प्रस्तुत गर्दै उक्त फैसला बदर हुनुपर्ने माग गरेको हो । अख्तियारका अनुसार नगरपालिकाले प्रदेश कानुनको अवज्ञा गर्दै ढुङ्गा–गिट्टीको दर प्रतिघनफिट ९ रुपैयाँ हुनुपर्नेमा बदनियतपूर्वक २.२५ रुपैयाँ […]

परराष्ट्रमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् […]

जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीविरूद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगविरूद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगविरूद्धको रिट खारेज गरेको हो। यस्तै यसमा निर्देशनात्मक आदेश पनि जारी गरेको छ। उक्त आदेशमा के छ भन्ने खुलिसकेको छैन। आयोगका […]

गैरहाजिर २० प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर छन्। आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी […]