बाढी पहिरोबाट बच्ने ८ उपाय

काठमान्डू, २८ असार । केही दिनदेखि देशभर वर्षा भइरहेको छ। अविरल वर्षापछि आएको बाढी तथा खसेको पहिरोले धनजनको क्षति सुरु गरेको छ। अहिलेसम्म मुलुकभर २६ जनाको मृत्यु, १५ जना बेपत्ता तथा सैयौं घाइते भएको तथ्यांक प्रहरीले दिएको छ। अझै भारी वर्षा जारी रहने भएकाले बाढी, डुबान तथा पहिरोको जोखिममा रहेकाहरूले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। यस […]

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता

भोजपुर, २८ असार । भोजपुरमा लगातारको वर्षापछि गएको पहिरोमा परि एकै ३ जना बेपत्ता भएका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ तुन्ताङमा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । शनिबार बिहान मान्छा घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथा उनका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार सम्पर्कविहीन भएको […]

सप्तकोसीको पानीले खतराको तह पार ग¥यो, आसपासका वासिन्दालाई सचेत रहन चेतावनी

काठमाडौं, २८ असार । सप्तकोसी नदीमा आएको बाढीले खतरा तह पार गरेपछि सरकारले त्यस क्षेत्र आसपासका वासिन्दालाई सचेत रहन चेतावनी दिएको छ । मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको जनाएको छ । सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । […]

अविरल वर्षापछिको बाढीपहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौँ । चार दिन देखिको लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ । त्यस्तै ५ जना घाइते र ८ जना बेपत्ता भएका छन् । शुक्रबार बेलुकीसम्ममा बाढी र पहिरोबाट खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २ र भोजपुरमा २ जनाको मृत्यु भएको छ ।यसैगरी धादिङमा २, झापामा १, सिन्धुलीमा १, […]

जन्मने बित्तिकैको शिशु अस्पतालबाटै चोरि

पाल्पा, २८ असार । तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजबाट जन्मने बित्तिकैको नवजात शिसु चोरि भएको छ। तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा दिउँसो ३ बजे तिर हराएको प्रहरीको भनाइ छ । उक्त शिशुको खोजि भैरहेको प्रहरी […]

कालिगण्डकीले सडक कटान गरेपछि बेनी–जोमसोममा आवागमन बन्द

पाेखरा, २७ असार । कालीगण्डकी नदीको बाढीले सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करीब १० मिटर सडक कटान गरेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएको हो। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडक अवरुद्ध हुँदा बेनी र जोमसोमका लागि गुडेका सवारीसाधन बीच बाटोमै […]

अचानक बाढी आएपछि धुँदै गरेको बस बगायो

दाङ, २७ असार । दाङको एक खोलामा धुन लगिएको बस खोलाले बगाएको छ । जिल्लाको ग्वार खोलामा बाढी आउदा घोराही र तुलसीपुर जोड्ने सडक अवरुद्ध भएको छ । शुक्रबार ग्वार खोलामा धुँदै गरेको एक बस अचानक बाढी आएपछि बाढीले बगाएको छ। बस बगाए पनि उक्त बसका चालक र सह चालकलाई भने प्रहरीले सकुशल उद्दार गरेको […]

एकै परिवारका ३ जनालाई पहिरोले पुर्यो

खोटाङ, २७ असार । खोटाङमा पहिराले घर पुर्दा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । लगातारको बर्साका कारण शुक्रबार बिहान खोटाङको खोटेहाङ गाउँपालिका– ३ बाक्पचाङमा करिब ४ बजे सुतिरहेको अवस्थामा आएको पहिरोले पुर्दा विष्णु राईका श्रीमती र छोरा छोरी वेपत्ता भएका हुन् । विष्णुलाई भने स्थानीयले उद्दार गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार […]

अविरल वर्षासँगै बाढी पहिरोको वितण्डा, १७ को मृत्युु

काठमाडौं, २७ असार । देशभर जारी अबिरल वर्षासँगैको बाढी र पहिरोमा परी १७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् । अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा […]

ल्यान्ड गर्दा चिप्लिएकाे यति हटाउन ८ घन्टा, बल्ल सुचारू भयाे काठमाडौं एअरपोर्ट

काठमाडौं, २७ असार । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान हटाएसँगै उडान सुचारु भएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विमान चिप्लिएपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो । विमान हटाएसँगै करिव ८ […]