शिक्षक लाईसेन्सको तयारी गरिरहेका सबैले जान्नैपर्ने केही कुरा

काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि, मूल्य र कार्यसम्पादन गर्न सक्ने […]

पदीय जिम्मेवारी नमिल्दा विपद् व्यवस्थापन समितिको बैठक बस्न सकेन

काभ्रे, ३ साउन । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट धनजनको क्षति भइरहेको बेला त्यसमा हुने क्षतिको न्यूनीकरण तथा पूर्वतयारीका लागि काम गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको कार्यायोजना भने कागजमा नै समिति बनेको छ । एकातिर बनाएको कार्ययोजना बजेट अभावका कारण आधा बर्खा गइसके पनि छपाइसमेत नहुनु र अर्कोतिर समितिले पूर्णता नपाउँदा काममा समस्या […]

सिरहाको बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

लहान, ३ साउन । सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत उमेश […]

जडिबुटी चोरी आरोपमा वडाध्यक्षमाथि नै कुटपिट

जुम्ला, ३ साउन । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ । कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा […]

महोत्तरीमा पानीमा डुबेर मृत्यु हुनेमा बालबालिका धेरै

महोत्तरी, ३ साउन । महोत्तरीमा गत आर्थिक वर्ष २०७५/७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । गत आव २०७५/७६ मा बगेर र डुबेर मृत्यु हुने २७ को मृत्यु भएको प्रहरी अभिलेखमा उल्लेख […]

नगर गौरबको सडकको स्तरोन्नति

बाग्लुङ्ग, ३ साउन । गलकोट नगरपालिका–७ मल्मदेखि पाण्डवखानी जोड्ने सडकको ८०० मिटर खण्ड स्तरोन्नति गरिएको छ । उक्त योजना गत आवको नगर गौरवको योजना हो । नगरपालिकाको रु ४० लाख र गण्डकी प्रदेश सरकारको रु २० लाख गरी कूल ६० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो । निर्माणको जिम्मा पाएको न्यू गोरख निर्माण सेवाका प्रबन्धक […]

धनगढी विष्फोटमा गम्भीर घाइते राम सिंहको मृत्यु

धनगढी । बिहीबार बेलुकी धनगढीमा भएको विष्फोटमा परी गम्भीर घाइते भएका राम सिंहको मृत्यु भएको छ । बझाङ घर भएका ३५ वर्षका राम सिंहको राती ११ बजेतिर धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विष्फोटमा उनको कम्मरमुनिका भाग क्षतविक्षत भएको थियो । विष्फोटमा परी सिंहसहित पाँच जना घाइते भएका थिए । धनगढीको […]

एकवर्षमै ५४५ खानेपानी आयोजना बनाएको दावी, समस्या ज्यूका त्यू

काठमाडौँ, २ साउन । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५४५ खानेपानी आयोजना सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायले ५२६ साना तथा आधारभूतस्तरका र १९ वटा ठूला आयोजना सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजना सम्पन्न भइसकेकाले यसबाट […]

बाढी पीडितका हृदयविदारक वेदना: टुङ्गो छैन ‘के खाने, कसरी बच्ने’

सप्तरी २ साउन । घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो । यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ […]

बुद्धको मुर्ति तोडफोडको चौतर्फी बिरोध

बुटवल, २ साउन । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बिच भाग (डिभाइडर) मा राखेको बुद्धमूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ । बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा राखिएका गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति स्थानीय तह, राजनीतिक दल र व्यावसायिक तथा सामाजिक सङ्घ संस्थाले विरोध जनाएका छन् । मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिकाले घोर निन्दा र भत्र्सना गरेको […]