तनहु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ । आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेवाग्राहीबाट रु एक लाख ७५ हजार घुस लिने क्रममा दुवै जनालाई कार्यालयबाटै पक्राउ गरिएको हो । अपरेटर पौडेलसँग मिलेर शाहीले […]
समाज
बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित भएको रेडक्रसको दाबी
काठमाडौं, २ साउन । मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ । बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको […]
ज्येष्ठ नागरिक ज्ञान केन्द्र गठन गर्न नेपाल बार र मानवाधिकार आयोगको माग
ललितपुर, २ साउन । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले हरेक ज्येष्ठ नागरिकको हेरविचार गर्न परिवार नै उपयुक्त माध्यम भएको बताएकी छिन । आयोगले आज यहाँ आयोजना गरेको ‘ज्येष्ठ नागरिकसम्बन्धी संशोधन विधेयक छलफल कार्यक्रम’मा अन्सारीले छोराछोरी नै आमाबाबुको रेखदेख, पालनपोषण र संरक्षणमा बलियो माध्यम बन्न सक्ने बताएकी हुन् । “हरेक आमाबुबाका इच्छा र चाहना छोराछोरीसँग […]
महोत्तरीमा बाढीपछी बल्ल रोपाई शुरु
साउन लागेपछि बल्ल महोत्तरीका किसानलाई धान रोपाइँको चटारो परेको छ । पानी नभएर असारमा रोपाइँ गर्न नसकेका यहाँका किसान साउन लागेपछि बल्ल धान रोप्न थालेका हुन् । एक साताको वर्षासँगैको बाढी र डुबानको पानी सुक्दै गएपछि खेत खनजोत र रोपाइँ शुरु भएको हो । जिल्लाका उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने […]
बलात्कार आरोपी पक्राउ
मकवानपुर,२ साउन । जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाईलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल […]
कुशे गाउँपालिकामा डिजिटल प्राविधिबाट काम शुरु
२ साउन, जाजरकोट । कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको […]
नमूना कृषि गाउँ विस्तार गरिने
२ साउन, कास्की । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रमलाई यस वर्ष थप विस्तार गर्ने भएको छ । गत वर्षमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशसभाका एक÷एक निर्वाचन क्षेत्रमा गरी ३६ गाउँमा उक्त कार्यक्रम शुरुआत गरेकामा यस वर्ष पनि थप ३६ गाउँमा विस्तार गर्न […]
सबै वडामा स्वास्थ्य चौकी स्थापना
दाङ, २ साउन । दाङको शान्तिनगर गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए । “विकट वडाका नागरिकमा अझै पनि स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न सकेका छैनन्”, उनले भने, “त्यसैले हामीले प्रत्येक वडामा स्वास्थ्य संस्था […]
कर्मचारीलाई समयमै कार्यालय आउन मन्त्रीले निर्देशन दिनुपर्ने विडम्बना
मकवानपुर, २ साउन । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गरेका छन् । बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्दा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उनले जानकारी दिए । मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । […]
कारागार भित्रै उद्यमी बन्दै
रोल्पा, २ साउन । रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा बनाउने तालीम दिएको थियो । त्यसअघि टोपी बुन्ने तालीमसमेत लिइसकेका उनीहरुका लागि ढाका टोपी बुन्ने र मुढा […]











