धनगढी विष्फोटमा गम्भीर घाइते राम सिंहको मृत्यु

धनगढी । बिहीबार बेलुकी धनगढीमा भएको विष्फोटमा परी गम्भीर घाइते भएका राम सिंहको मृत्यु भएको छ । बझाङ घर भएका ३५ वर्षका राम सिंहको राती ११ बजेतिर धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विष्फोटमा उनको कम्मरमुनिका भाग क्षतविक्षत भएको थियो ।

विष्फोटमा परी सिंहसहित पाँच जना घाइते भएका थिए । धनगढीको चटकपुरमा रहेको सहिद गेट नजिकैको नीलम होटलमा बेलुकी ७ बजेतिर विष्फोट भएको थियो ।

यस्तै अर्का घाइते कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का लक्ष्मण सेरेलाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको पनि कम्मर आसपासको क्षेत्रमा शरीरभित्र फलामका टुक्रा अड्किएका छन् । उनको शुक्रवार सल्यक्रिया गरेर शरिरमा रहेका फलामका टुक्रा निकालिने अस्पतालले जनाएको छ ।

विष्फोटमा होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे पनि घाइते भएका थिए । उनीहरुको अवस्था खतरामुक्त भएको अस्पतालले जनाएको छ।

यो पनि पढ्नुहोस्    कैलालीमा शक्तिशाली बम बिस्फोट, ५ घाइते

Loading...