काठमाडौँ, १५ साउन । मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५र्७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका विभिन्न बहानामा बेचिन ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ । विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८ जनालाई समुदायमा पुनःस्थापित गराएको केआइएन नेपाल चितवनकी संयोजक केमिका घिमिरेले […]
समाज
मापसे गरेर सवारी चलाउने ४३९ चालकका लाइसेन्स निलम्बन
काठमाडौँ, १५ साउन । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । वि.सं. २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा […]
तीन वडा कार्यालय भवन निर्माण
कञ्चनपुर, १५ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वडा कार्यालय भवन निर्माण गरिएका छन् । भवन निर्माणका लागि प्रतिभवन रु ८० लाख खर्च गरिएको छ । वडा नं ७, ८ र १२ मा वडा कार्यालयका पक्की सुविधासम्पन्न भवन निर्माणको कार्य पूरा भई कार्यालय सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए। निर्माण भएका भवनमा […]
एक वर्षपछि पहिरोपीडित परिवारले नयाँ घर पाए
पर्वत, १५ साउन । बस्ती माथिबाट आएको पहिरोका कारण घरवारविहीन बनेका यहाँका २२ घरपरिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका वडा नं ४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो । विसं २०७५ साउन १ गतेको बाढी पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र […]
मन्त्री साहद्वारा डुङ्गा उपलब्ध
राजविराज, १५ साउन । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराउनु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासीको आग्रहमा मन्त्री साहले डुङ्गा उपलब्ध गराएका हुन् । मन्त्री साहले बाढी प्रभावित […]
कारागारको निर्माणाधीन भवन अलपत्र
धम्बोझी, १५ साउन । बाँकेको निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनबाट पेश्की रकम फिर्ता लिइएको छ ।बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अहिले अलपत्र परेको छ । पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको […]
वर्षात्ले घर भत्किँदा पालमुनि बास
डोटी, १५ साउन । लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो । वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परेको छ । घर भत्किएपछि उनको नौ जनाको परिवार पाल टाँगेर बस्न […]
तातोपानी नाका खुलेपनि किन पूर्ण सञ्चालनमा आउन सकेन ?
१५ साउन, काठमाडौं । लामो प्रयासपछि तातोपानी नाका खुलेपनि पहिलेकै रुपमा सञ्चालन हुन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य रहेको हो । नाकापानी नाकाबाट जेठ १५ देखि असार मसान्तसम्ममा मात्रै ५३ लाख मात्र राजस्व उठेकोमा साउन यता १३ दिनमा एक करोड ३८ लाख राजस्व उठिसकेको […]
१० तरकारी तथा फलफूलमा बिषादी अवशेषको सीमा तोक्ने तयारी, हेर्नुहोस् कुन–कुनमा
काठमाडौँ, १५ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० तरकारी तथा फलफूलमा जीवनाशक बिषादी अवशेषको सीमा तोक्ने भएको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, गोलभेँडा र चिया गरी १० फलफूल तथा तरकारीको बिषादीको सीमा तोक्न लागेको हो । तरकारी तथा फलफूलमा खाद्यस्तर निर्धारण समितिबाट जीवनाशक बिषादी अवशेषको अधिकतम […]
एनसेलको अर्को कर छली प्रकरण सार्वजनिक, खर्च बढी देखाएर २ अर्ब कर छली
काठमाडौँ । नेपालमा एनसेलको अर्को कर छली प्रकरण सार्वजनिक भएको छ । एनसेलले पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत करिब २ अर्ब रुपैयाँ कर छली गरेको पाइएको हो । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको छ । उता, कर निर्धारणमा चित्त नबुझेपछि एनसेलले भने आन्तरिक […]










