७८ वर्षे बृद्धाले धुर्मुस सुन्तली बनाउने गौतमबुद्ध विमानस्थल रंगशालाका लागि गरिन ५० हजार सहयोग

चितवन । धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवनमा एक बृद्धाले उदाहरणीय सहयोगी गरेकी छन् । रंगशाला निर्माण भइरहेकै ठाउँमा भने केही स्थानीयको अवरोध झेलेका धुर्मस सुन्तलीले पछिल्लो समय चितवनवासीसहित संसारभरबाट सहयोग पाइरहेका छन् । सोही क्रममा भरतपुर महानगरपालिका वडा नं. १० की ७८ वर्षीया डम्बर कुमारीले रंगशाला बनाउनका लागि धुर्मुस […]

७० करोडको कालोपत्रे सडक एक महिनामै भासियो

गोरखा १४ साउन । ७० करोड रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको गोरखाको सिरानचोक गाउँपालिकाको सडक एक महिना नबित्दै भत्किएको छ । लुइँटेल भञ्ज्याङदेखि चित्रेपोखरीसम्मको सडकको पहिलो खण्ड ठाउँ ठाउँमा भासिएको छ र केही ठाउँमा पहिरोले छोपेको छ । ‘सडक बनाएको एक महिना पनि भएको छैन भत्किन थालिसक्यो,’ सिरानचोक गाउँपालिका–३ ठानीस्वाँराका स्थानीय ईश्वर लम्सालले भने, ‘कतै […]

इन्जिनियरको छोरी सुतेको कोठामा गोली चलाउने काममा सहभागी भएको भन्दै अर्का इन्जिनियर पक्राउ

काठमाडौं, १४ साउन । कलंकीमा गएराति एक इन्जिनियरको घरमा गाेली चलेको प्रकरणमा अर्का एक इन्जिनियर पक्राउ परेका छन् । गएराति नेपाल सरकारका पूर्व उपसचिव समेत रहेका इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली चलेको थियो । शर्माकी २० वर्षीय छोरी सुत्ने कोठामा हानिएको गोलीले झ्यालका शिशामात्र फुटेका थिए । गोली हानिए लगत्तै शर्माले प्रहरीलाई खबर गरेको र […]

भक्तपुरमा प्रेमी प्रेमिकाले गरे सँगै झुण्डिएर आत्महत्या

भक्तपुर, १४ असार । भक्तपुरको बोडेमा प्रेमी र प्रेमिकाले सँगै आत्महत्या गरेका छन् । बोडेमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ र रामेछापको बेथान घर भइ बोडेमै बस्दै आएकी १८ वर्षकी मंगली घिसिङले मंगलबार कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त थिमीका अनुसार जीवन विवाहित पुरुष हुन् । उनकी […]

जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु,अर्की गम्भीर

फिदिम, १४ साउन । जङ्गली च्याउ खाएर पाँचथरमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जङ्गली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । जङ्गली च्याउ खाएर बिरामी परेकी उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको […]

चितुवाको छालासहित दुई पक्राउ

धनगढी, १४ साउन । कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् । चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले छालासहित सोमबार उनीहरुलाई पक्राउ गरी […]

रेडवाइन चिन्ता र तनावको औषधी हुने वैज्ञानिक अनुसन्धानको दावी

काठमाडौं । विश्वभर मादक पदार्थ र धुम्रपानबाट ज्यान गुमाउने मानिसहरु लाखौ छन् । क्यान्सर लगायतका गम्भीर किसिमका रोगका कारक पनि बनेका छन् मद्यपान र धुम्रपान । विश्वमा विभिन्न किसिमका मादक पदार्थहरु बन्ने गरेका छन् । त्यसमध्ये कतिपय मादक पदार्थ मिलाएर खाएमा मानिसका लागि औषधी पनि हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यसैक्रममा एक अनुसन्धानले मादक पदार्थमध्ये रेड […]

समायोजनका कर्मचारीलाई हाजिर गराउन निर्देशन

काठमाडौँ, १४ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएर गएका स्थानीय तहका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिएको छ । समायोजन भएर गएका कर्मचारीलाई स्थानीय तहमा हाजिर गर्न नदिएपछि मन्त्रालयले हाजिर गराउन निर्देशन दिएको हो । मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले कतिपय स्थानीय तहले समायोजन भएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि हाजिर गराउन निर्देशन दिएको […]

रोकिएन अझै मानव बेचबिखन; तस्करको नजरमा नेपाली महिला

काठमाडौं, १४ असार । सन् २०१३ डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले ३० जुलाईलाई मानव बेचबिखनविरुद्धको विश्व दिवस मनाउने घोषणा थियो । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ । सार्कको ११ औं सम्मेलनबाट पारित महिला […]

धनगढीमा शहरी सडक निर्माणले लियो गति

धनगढी, १४ साउन । लामो समयको अन्योलपछि धनगढी उपमहानगरपालिका क्षेत्रमा क्षेत्रीय शहरी विकास आयोजनाले शहरी सडकसम्बन्धी संरचना निर्माणको प्रक्रिया अघि बढाएको छ । उपमहानगर क्षेत्रमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापनापछि मात्र शहरी विकास आयोजनासम्बन्धी काम अघि बढाउनुपर्ने शर्तबाट एशियाली विकास बैंक (एडिबी) पछि हटेपछि अन्योलताको अन्त्य भई आयोजनाले काम अघि बढाएको हो । यो आयोजना एडिबीको […]