रेडवाइन चिन्ता र तनावको औषधी हुने वैज्ञानिक अनुसन्धानको दावी

काठमाडौं । विश्वभर मादक पदार्थ र धुम्रपानबाट ज्यान गुमाउने मानिसहरु लाखौ छन् । क्यान्सर लगायतका गम्भीर किसिमका रोगका कारक पनि बनेका छन् मद्यपान र धुम्रपान । विश्वमा विभिन्न किसिमका मादक पदार्थहरु बन्ने गरेका छन् । त्यसमध्ये कतिपय मादक पदार्थ मिलाएर खाएमा मानिसका लागि औषधी पनि हुने अनुसन्धानकर्ताहरु बताउँछन् ।

यसैक्रममा एक अनुसन्धानले मादक पदार्थमध्ये रेड वाइन मानिसका लागि औषधी हुने तथ्य पत्ता लागेको छ । रेड वाइन तनाव र चिन्ताको लागि औषधी हुने अनुसन्धानकर्ताको दावी छ ।

अनुसन्धानकर्ताका अनुसार रेड वाइन विभिन्न तत्वहरु मिलाएर बनाइएको हुन्छ । विभिन्न मिश्रित तत्वहरुले मानिसमा हुने तनाव र चिन्तालाई मेट्न सक्ने नयाँ अनुसन्धनले देखाएको उनीहरुको दावी छ ।

यो अनुसन्धान न्युयोर्कस्थित युनिभर्सिटी अफ बफेलोको वैज्ञानिकहरु सहभागी रहेका थिए । युनिभर्सिटी अफ बफेलोका वैज्ञानिकहरुले मुसामा अध्ययन गरेका थिए । मुसामा प्रयोग गरेर उनीहरुले त्यसकै आधारमा यो तथ्य पत्ता लगाएका हुन् ।

अंगुरले बनेका रेड वाइनमा हुने तत्वले तनाव र चिन्ता बढाउने एन्जाइमलाई रोक्ने अनुसन्धानमा देखिएको छ। रेड वाइन सेवनका कारण मानिसमा भएका तनाव र चिन्तासमेत कम हुने वैज्ञानिकको दावी छ ।

रेड वाइनलाई भविष्यमा चिन्ता र तनावको ओखतीका रुपमा प्रयोग गर्न सकिने वैज्ञानिकको दाबी छ। तर यसकाे अत्यधिक प्रयाेगले भने स्वास्थ्यमा गम्भीर समस्या पनि ल्याउन सक्छ । 

Loading...