इन्जिनियरको छोरी सुतेको कोठामा गोली चलाउने काममा सहभागी भएको भन्दै अर्का इन्जिनियर पक्राउ

काठमाडौं, १४ साउन । कलंकीमा गएराति एक इन्जिनियरको घरमा गाेली चलेको प्रकरणमा अर्का एक इन्जिनियर पक्राउ परेका छन् ।

गएराति नेपाल सरकारका पूर्व उपसचिव समेत रहेका इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली चलेको थियो । शर्माकी २० वर्षीय छोरी सुत्ने कोठामा हानिएको गोलीले झ्यालका शिशामात्र फुटेका थिए ।

गोली हानिए लगत्तै शर्माले प्रहरीलाई खबर गरेको र प्रहरी पनि आएका कारण थप घटना नभएको बताइएको थियो । सोही प्रकरणमा प्रहरीले सोही ठाउँका छिमेकी पक्राउ परेका छन् । उनी पनि पूर्व इन्जिनियर नै रहेको थाहा भएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुले उनलाई पक्राउ गरेर छानविन गरिरहेको बताइएको छ ।

पक्राउ पर्नेमा पूर्वइञ्जिनियर शुभांकर खनाल रहेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाले उक्त घटनामा खनाललाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनलाई पक्राउ नै भन्दा पनि सोधपुछका लागि ल्याइएको भन्दै प्रष्टिकरण पनि दिएको छ ।

महाशाखाका एसी केदार ढकालले एक जनालाई केही सोध्नुपर्ने भएकाले ल्याएको बताए । पक्राउ परेका खनालबाट प्रहरीले दुई थान हतियार र ५० राउण्ड गोली समेत बरामद गरेको जनाएको छ । ढकालले भने प्रहरीले बरामद गरेका हतियारको लाइसेन्स आफूसँग रहेको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले दूर्घटनावश गोली चलेको हुनसक्ने देखाएको थियो । खनालको हतियारबाट गोली चलेको हो÷होइन भन्ने चाहिँ वैज्ञानिक जाँचबाट मात्र खुल्छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘सामाखुशीमा रहेको हाम्रो ल्याबमा हतियार परीक्षणका लागि पठाउँछौं । त्यसपछि गोली चलेको थियोरथिएन भन्ने पुष्टि हुन्छ ।’ अहिले प्रहरीले खनालको थप बयान लिने काम गरिरहेको छ ।

 

याे पनि पढ्नुहाेस्

कलंकीमा एक इन्जिनियरकी छोरी सुत्ने कोठामा मध्यराति गोली प्रहार

Loading...