त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै डेभाजु क्लबका अध्यक्ष गिरफ्तार

काठमाडौं, १४ साउन । काठमाडौंको दरबारमार्गस्थित चर्चित नाइट क्लब डेभाजु लाउन्जका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो । केही महिनादेखि प्रहरीले उनलाई सर्वाधिक खोजि गरिरहेको बताइएको थियो । पुस महिनादेखि प्रहरीको खोजी सूचीमा रहेका श्रेष्ठ आइतबार हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका […]

चौपाया संरक्षणका लागि गौशालालाई जिम्मा लगाइयो

दाङ, १४ असार । तुलसीपुर बजामा धेरै समयदेखि अवरोध पु¥याउँदै आएका छाडा गाई तथा गोरुलाई आज संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुलसी गौशालाई जिम्मा लगाइएको छ । ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानअन्तर्गत आज १५३ औँ हप्ताको सरसफाइ तथा वृक्षरोपण कार्यक्रमपछि छाडा गाई तथा गोरु संरक्षणका लागि उक्त उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो गौशालाका सञ्चालक मोहन […]

नेवार समुदायको मौलिक पर्व गठामुंगः धुमधामले मनाइँदै

भादगाउँ, १४ साउन । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् । यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले वैशाख महीनामा […]

कलंकीमा एक इन्जिनियरकी छोरी सुत्ने कोठामा मध्यराति गोली प्रहार

काठमाडौं, १४ साउन । काठमाडौंको कलंकीमा १ घरमा गोली प्रहार भएको छ । इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा सोमवार राति गोली प्रहार भएको हो । कलंकीमाई मन्दिर नजिकै रहेको हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको ३ तले घरलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीले शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा राति एकाएक गोली प्रहार […]

भक्तपुरका शक्तिपीठमा बिहानैदेखि घुइँचो

भक्तपुर, १४ साउन । भक्तपुरका विभिन्न शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो । नेवार समुदायले आज बिहानै घरघरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएकाले मन्दिरमा […]

एक वर्षमै नौ गोही मरे, संरक्षणमा चुनौती

चितवन, १४ साउन । गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ […]

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौँ, १४ साउन । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन । “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण […]

चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

दमौली, १४ साउन । चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । आइतबार राति शौचालय जाने क्रममा चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत बालकको उपचारमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाले २५ हजार र वडा नं २ ले १० हजार […]

नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

भरतपुर, १४ साउन । साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ स्थित मञ्जु सिंखडाले सुख्खा […]

बागलुङका किसानलाई आलुको बीउ पाउनै कठिन

बलेवा, १४ साउन । बागलुङका किसानलाई हिउँदमा लगाउने स्थानीय जातको आलुको बीउ अभाव देखिएको छ । गत चैत–वैशाखमा परेको असिनापानीका कारण वर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बीउ अभाव भएको हो । विशेषगरी वर्षाको समयमा उत्पादन गरेर हिउँदे बीउ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे, दमेकको कालापाताललगायतका क्षेत्रमा यस वर्ष आलुको उत्पादन ह्वात्तै घटेको छ […]