दमौली, १४ साउन । सीपमूलक तालीम प्रदान गरी उद्यमी बनाउने उद्देश्यका साथ घरेलु तथा साना उद्योग विकास समितिले ५९८ जनालाई विभिन्न तालीम प्रदान गरेको छ । कार्यालयले एक वर्षको अवधिमा जिल्लाका १० स्थानीय तहका ३९८ महिला र २०० पुरुष गरी ५९८ लाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको हो । सर्वसाधारणको माग र अहिलेको आवश्यकतालाई मध्यनजर […]
समाज
काभ्रेका छ वन समूह पुरस्कृत
बनेपा, १४ साउन । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट काम गरेको आधारमा तीन सामुदायिक वन र तीन कबुलियती वन समूहलाई पुरस्कृत गरेको छ । कार्यालयले आव २०७५/७६ मा जिल्लाभरिकै वन समूहमध्येबाट सामुदायिक वन उपभोक्ता समूहबाट काम गरेको मूल्याङ्कनको आधारमा उत्कृष्ट तीन समूहलाई नगदसहित सम्मान गरिएको हो । मूल्याङ्कनको आधारमा छनोट भई […]
ठूलोमात्रामा चाँदीको गहनासहित एक पक्राउ
राँझा, १४ साउन । भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट गरगहना […]
खोलामा डुबेर एकको मृत्यु, गोहीको आक्रमणबाट अर्का एक घाइते
मुग्लिन, १४ साउन । पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । साथीहरुसँगै पौडी खेल्न गएका उनको सोमबार […]
राजमार्गमा खाल्डाखुल्डी बढेपछि दुर्घटना बढ्दो
बर्दिवास, १४ साउन । अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै सडक दुर्घटनाको जोखिम बढेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढाएसँगै दर्जनौँ ठाउँमा छेउ कटान गरेपछि दुर्घटना जोखिम बढेको हो । पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने १६ किलोमिटर दूरीमा २० ठाउँभन्दा बढी बाढीले छेउ ढालेको र कालोपत्र भागमा पाइलैपिच्छे जसो […]
खोरेतको औषधि अभाव, दिनदिनै पशुवस्तु मर्न थाले
हुम्ला, १४ साउन । एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ । जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा […]
विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’
लमही, १४ साउन । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा छन् । उनि दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर […]
तान्त्रिक बलमा नियन्त्रित भुत मुक्त गर्ने पर्व गथामुग: अर्थात् घण्टाकर्ण चतुर्दशी
काठमाडौ, १४ साउन । पहिला पहिला जनसंख्या निकै कम थियो । वर्षभर बाँच्न पूर्णरुपमा मानिस कृषि उत्पादनमा भर पर्नुपर्दथ्यो । वर्षभरिका लागि अन्नको जोह गर्न वर्षायाममा खेती लगाउनु नै पर्थ्यो । नसके भोकमारी लाग्ने डर हुने गर्दथ्यो । जनसंख्या पनि कम अनि आकाशे पानीकाे भरमा खेती लाउनुपर्ने भएकाेले निकै गाह्रो हुन्थ्याे । त्यही कारण मानिसहरु […]
भारतीय बाँधका कारण तराई डुबेको संसदीय समितिको निस्कर्ष
१४ साउन, काठमाडौं । छिमेकी मुलुक भारतबाट एकतर्फी रुपमा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको संसदीय समितिले निष्कर्ष निकालेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले देशका विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र डुबानको स्थलगत अनुगमन भ्रमण गरी तयार पारेको प्रतिवेदनमा भारतद्वारा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्षसहितको प्रतिवेदन तयार […]
अष्ट्रेलियामा नेपाली विद्यार्थी चढेको कार दुर्घटना हुँदा दुईको मृत्यु
१४ साउन, स्याङ्जा । अष्ट्रेलियमा कार दुर्घटना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृत्यु भएको छ। अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति भएको कार दुर्घटनामा वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन्। अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने […]











