काठमाडौंस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत रंगेहात समातिएका छन् । सोमबार सातौं तहका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता घुस रकमसहित समातिएका हुन् । कोटेसन मार्फत जनचेतनामुलक सामाग्री रेडियोमा प्रचारप्रसार गर्न केन्द्रले दिएको भएपनि सेवाप्रदायक संग त्यसबापतको कमिसन लिएपछि उनी अख्तियारको फन्दामा परे । रकम भुक्तानि गरे पश्चात कमिशन बापत घुस […]
समाज
पाल्पामा आत्महत्या सम्बन्धी घटना बढ्दैछ
पाल्पा – पाल्पामा हरेक वर्ष आत्महत्या सम्बन्धी घटनामा बृद्धि भएको छ । पारिवारिक विछोड, सामाजिक संजालको दुरुपयोग, मानसिक रोग तथा दीर्घ रोग, प्रेममा बिछोड इत्यादि कारणले पाल्पामा आत्महत्या सम्बन्धी घटनामा बृद्धि भएको प्रहरीले जनाएको छ । पछिल्लो तीन वर्षको अबधिमा पाल्पा जिल्लामा मात्रै दुई सय ३० जना बढीले आत्महत्या गरेका छन् । मानसिक रोगी, दीर्घ […]
पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी
खोटाङ, १३ साउन । जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, मङ्गलटार, राजापानीलगायत ठाउँमा अहिले मकै छर्ने काम भइरहेको जनाइएको […]
पृथ्वीराज चेमजोङ जेल चलान
काठमाडौँ, १३ साउन । नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जेल चलान गरेको छ ।ब्यूरोको टोलीले उच्च अदालत पाटनको विसं २०७५ पुसको फैसलाअनुसार रु १० लाख ९४ हजार ५०० जरिवाना ठहर गरेका पाँचथरका ४३ वर्षीय पृथ्वीराज चेमजोङलाई आइतबार गोंगबुबाट पक्राउ गरेको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब उपरीक्षक नीरजबहादुर […]
आकाशे पुल निर्माण गर्दै कामपा
काठमाडौँ, १३ साउन । काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ । सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको कामपाले जनाएको छ । यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि […]
१३ लाख चोरी गर्ने पक्राउ
विराटनगर, १३ साउन । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रहेको आरोपमा मोरङको कटहरी गाउँपालिका–१ बस्ने […]
लाजका कारण रोग लुकाउँछन् महिला
डोटी, १३ साउन समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ […]
मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित
धनगढी, १३ साउन । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ । मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् । भर्खरै रोपाइँ सकेका किसान पनि पर्याप्त पानी नभएर रोपाइँ गरिएको खेतमा […]
बोनम्यारोपीडित पत्रकार शर्मालाई सहयोग जुट्दै
सुर्खेत, १३ साउन । तीन महीनादेखि बोनम्यारोबाट थलिएका पत्रकार डिलप्रकाश शर्माको उपचारका लागि सहयोग जुट्न थालेको छ । आर्थिक अभावले उपचारमा ढिलाइ भएपछि नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा र शर्मा कार्यरत पत्रिकाले सहयोगको घोषणा गरेका हुन् । महासङ्घले रु ५० हजार सहयोग प्रदान गर्ने निर्णय गर्नुका साथै सेन्चुरी बैंक सुर्खेत शाखामा ०८८००००५१८ नम्बरको खाता खोलेर […]
४० वर्षपछि बल्ल सार्वजनिक शौचालय
भद्रपुर, १३ साउन । ‘हङकङ मार्केट’ भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ । मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको साथै कमोडको बेग्लै कोठा […]









