ताप्लेजुङ, १३ साउन । बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ । प्रत्येक घरमा रहेका ध्वजा थाच्यो मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजीकै कञ्चन पानीसहित छङ छङ गर्दै छाँगा झरिरहेको छ । […]
समाज
चर्को भाडाका कारण व्यवसायी पलायन हुँदै
जनकपुरधाम, १३ साउन । जनकपुरधाम उपमहानगरपालिकाका सौन्दर्य सामग्री व्यवसायी चन्दन भगतलाई गत एक वर्षदेखि पसलको भाडा तिर्न धौधौ पर्दै आएको छ ।एक वर्षअघिसम्म उहाँको व्यवसाय पनि राम्रो थियो तर नयाँ ठाउँमा पसल सार्नुपर्दा मन्द व्यापार र चर्को भाडाले गर्दा पसल नै बन्द गर्नुपर्ने अवस्था आएको छ । नयाँ पसल लिएदेखि व्यापार छैन पसलको भाडा कसरी […]
दश प्रतिशत रकम खातामा जम्मा गरिने
बेझाड, १४ साउन । निस्दी गाउँपालिका पाल्पाले कुनै पनि योजना तथा कार्यक्रम सञ्चालनका लागि उपभोक्ताको १० प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने निर्णय गरेको छ । गत वर्षमा उपभोक्ता समितिको खातामा जम्मा गर्नुपर्ने भए पनि जम्मा नगरिएपछि अबका दिनमा खातामा १० प्रतिशत रकम जम्मा गरेर मात्र योजना तथा कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिका–६ […]
दर्जनौँ बस्ती पहिरोको जोखिममा
मार्तडी, १३ साउन । बाजुरा जिल्लामा आएको लगातारको वर्षाले जताततै पहिरो बग्न थालेपछि जिल्लाका हजारौँ परिवार जोखिममा बस्न बाध्य भएका छन् ।स्थानीयवासीका घरआँगनमै पहिरो बग्न थालेपछि जिल्लाका दर्जनौँ बस्तीमा बसोबास गर्ने स्थानीयवासीलाई उठीबासको चिन्ता बढेको छ । अविरल वर्षासँगै यहाँका दर्जनाँै बस्तीहरु जोखिममा परेका छन् । नौ वटै स्थानीय तहका जनताले हरेक वर्ष पहिरोको डरले […]
कपिलवस्तुमा दुई मोटरसाइकलसहित अवैध सामान बरामद
कपिलवस्तु, १३ साउन । कपिलवस्तुको महाराजगञ्जमा रहेको इलाका प्रहरी कार्यालयले दुई मोटरसाइकलसहित अवैध समान बरामद गरेको छ । कार्यालयको गस्ती टोलीले आइतबार राति महाराजगञ्ज नगरपालिका–२ उनवलियामा छिमिकी मुलुक भारतको कोटियाबजारबाट भन्सार छली ल्याएको दुई मोटरसाइकल र रु २५ हजारको अवैध सामान नियन्त्रणमा लिएको हो । प्रहरीले केही दिनदेखि सुरक्षा व्यवस्था कडा बनाई चेकजाँच गर्र्दै आएकाले […]
जुवा खेलिरहेको अवस्थामा १० पक्राउ
कावासोती, १३ साउन । जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिका–५ बाट प्रहरीले जुवा खेल्दै गरेका दश जनालाई पक्राउ गरेको हो । गैँडाकोट–५, वैकुण्ठ टोलस्थित चुडामणि पौडेलको घरमा जुवा खेलिरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। प्रहरीले गैँडाकोट घर […]
देश हल्लाएको हत्याकाण्ड:न न्याय, न अब आस !
काठमाडौं, नेपालको अपराध इतिहासकै चर्चित घटनामध्येको एक हो, निर्मला पन्त बलात्कार तथा हत्या । राष्ट्रियमात्र नभई अन्तरराष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसकेको छ। हत्यामा को संलग्न थिए वा थियो, घटनास्थल कहाँ हो भन्ने अझै खुलेको छैन । वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट […]
‘सिएमसीमा’ चार लाखलाई सेवा
चितवन, १३ साउन । एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज सिएमसी मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।आर्थिक वर्ष २०७५/०७६ मा बहिरङ्ग सेवा ओपिडी मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिए […]
जिल्लाभर चोरी गर्ने सक्रिय गिरोह यसरी पर्यो प्रहरी फन्दामा
रुपन्देही, १३ साउन । रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा […]
वैदेशिक रोजगारीमा ठगी नै ठगी, दलालले ठगेका उदयपुरका ३ दर्जन युवाहरु यसरी भौतारिदै
गाईघाट, १३ साउन । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन […]











