उपभोक्ताको श्रमदानमा खानेपानी आयोजना निर्माण

बेझाड, १३ साउन । पूर्वखोला गाउँपालिका– १ सिलुवा तामाखानीका स्थानीयले श्रमदानमा खानेपानी आयोजना निर्माण गरेका छन् ।वर्षौंदेखिको खानेपानी समस्या भोग्दै आएका यहाँका स्थानीयले श्रमदान गरेर आयोजना निर्माण भएपछि अहिले गाउँमा खानेपानी सुविधा पुगेको छ । एक गाग्री पानीको लागि आधा घण्टाको समय बिताएर खानेपानी उपभोग गर्नुपर्ने बाध्यता थियो । बस्तीदेखि करीब डेढ किलोमिटर पर रहेको […]

सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको बीमा

दमौली, १३ साउन । तनहँुको म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बीमा गरिएको हो ।गत वर्ष रु २० लाख आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बीमाका लागि प्रति परिवार रु दुई हजार ५०० का दरले रु दुई लाख पाँच […]

पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

लहान, १३ साउन । सिराहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै दाजुबहिनी घरबाट खेल्न गएकोमा आइतबार बेलुकासम्म घर नफर्किदा अभिभावकले खोज्ने […]

भुकम्प पीडित किन गराउन चाहँदैनन रेट्रोफिटिङ, ‘प्रबलीकरण’ प्रविधिका यस्ता छन समस्या

Earthquake Nepal Jasta pata

काभ्रेपलाञ्चोक, १३ साउन । नमोबुद्ध नगरपालिका–७ रातमाटेका राजु खनालले चार वर्षअघि भूकम्पले भत्किएको आफ्नो कच्ची घरको रेट्रोफिटिङ (प्रबलीकरण) गराएनन् । किनभने उनको घर भूकम्पले पूर्णरुपमा भत्काइदिएको थियो । यद्यपि, खनालको पूर्णरुपमा क्षति भएको घरलाई पुनःनिर्माणका प्राविधिकले प्रबलीकरणमा सूचीकृत गरिदिए । खनाल भन्छ,न् “कहाँ गर्ने रेट्रोफिटिङ ठडिएको घर छैन, यस्तो घर रेट्रोफिटिङमा सूचीकृत गरिदिँदा म आफैँ […]

असी नाघेका वृद्धवृद्धालाई लौरी र कम्बल उपहार

पर्वत, १३ साउन । पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । वडा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा वृद्धवृद्धालाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले लौरी र […]

सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या !

धनगढी । महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्। सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन् । सुरजको […]

सन्दिप र सोमपालबीच झन्डै भिडन्त, यसरी टर्यो झडप

काठमाडौं, १२ साउन । सन्दिप लामिछाने र सोमपाल कामी नेपाली क्रिकेट टिमका प्रभावशाली सदस्य हुन् । दुबैले आफ्नो क्रिकेट करिअरमा विशेष छाप दिएका छन् । हाल दुबै जना आइसीसी टि–२० विश्वकपको एसिया छनौटका लागि सिंगापुरमा रहेका छन्। आइतबार नेपाली टोलीले सिंगापुरमा नराम्रो पराजय व्यहोरो । सिंगापुरमा नेपाली टोलीसँगको पराजयसँगै नेपाली टोलीको विश्वकप खेल्ने सपना चकनाचुर […]

घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित ४ जना पक्राउ,

काठमाडौँ, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको पोखराबाट खटिएको टोलीले आज निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई एक लाख ३० हजार घुससहित आज कार्यालयबाटै पक्राउ […]

साउनमा भगवान शिवलाई प्रसन्न पार्न के लगाउने र के नलगाउने

भगवान शिवको सवैभन्दा प्रिय महिना नै साउन भएकोले हिन्दुहरुका लागि साउन महिनाले विशेष अर्थ बोकेको छ । यो भगवान शिवको आरधना र उपासना गर्दै ब्रत बस्ने महिना हो । साउन महिनामा भगवान शिव स्वयम यस धर्तिमा आउने जनविस्वास रहेको छ । यसर्थ, उनलाई खुशी बनाउन यो महिना उत्तम मानिन्छ । भगवान शिव छिट्टै प्रसन्न हुने […]

बालक मृत फेला

चितवन, १२ साउन । माडी नगरपालिका–५ मा एक बालक मृत भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माडी–५ राधापुरका दराई शनिबार साँझदेखि हराइरहेका थिए । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।