चितवन, १४ असोज । जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्न थालेको छ । बाहिर आइनसके पनि भित्री भागमा बाला देखिन थालेको हो । बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि किसानले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक वरिष्ठ वैज्ञानिक डा रामवरण यादव नेतृत्वको प्राविधिक […]
समाज
खानेपानी आयोजना सम्पन्न
नवलपरासी, १४ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्म बस्तीमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थानयीवासीले शुद्ध खानेपानी पिउन पाएका छन् । विसं २०६५ बाट निर्माण शुरु भएको सो आयोजना दुई महीना अघि सकिएको हो । सङ्घीय सरकारको रु दुई करोड ८४ लाख, साविकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीबाट रु ३५ लाख र […]
डोजर पल्टिँदा एकको मृत्यु
मान्म, १४ असोज । जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उनले भने “अहिले जिल्ला अस्पताल […]
धौलागिरि अञ्चल अस्पतालको भवन उद्घाटन
गलकोट, १४ असोज । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले धौलागिरि अञ्चल अस्पताल बागलुङको सुविधा सम्पन्न ‘बी’ ब्लक भवनको आज उद्घाटन गरेका छन । विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिश, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लकको हालै मात्र निर्माण सम्पन्न भएको छ । […]
निजी क्षेत्रको लगानि नारायणीमा सानो पानीजहाज सञ्चालन
काठमाडौं, १४ असोज । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज पानीजहाज सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज सानो पानीजहाज सञ्चालन गरेको छ । रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशैँको फूलपातीबाट गरिने प्रा.लि.का अध्यक्ष रमन भट्टराईले जानकारी दिए । […]
खुलेनन् सुपथ मूल्यका पसल
डोटी, १४ असोज । जिल्लाका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएको भन्दा महङ्गो मूल्यका सामान किन्न बाध्य छन् । साल्टट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दिपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य […]
माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन
जाजरकोट, १४ असोज । अघिल्लो वर्ष कृषिजन्य पदार्थको उत्पादन बढाउन माटो जाँचले उत्पादन बढेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन् । गत वर्ष ७५ प्रतिशत अनुदानमा बीउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा बीउ पाएका हुन् । भेरी नगरपालिकाले गाउँगाउँमा […]
विपन्न नागरिक कोषबाट २३७ बिरामी लाभान्वित
तम्घास, १४ असोज । सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट जिल्लाका २३७ बिरामी लाभान्वित भएका छन् । तीमध्ये सबैभन्दा धेरै मुटु र अर्बुदरोगका बिरामी छन् । गत आर्थिक वर्षको शुरुदेखि हालसम्म मुटुरोगका ९५ र अर्बुद रोगका ८३ गरी कूल १७८ बिरामी छन् । त्यो कूल सङ्ख्याको ७५।१० प्रतिशत हो । सो सध्ये पनि मुटुरोगतर्फ ४८ […]
पर्यटन वर्ष सफल बनाउन निम्तो आदानप्रदान
मोरङ, १४ असोज । नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान गरिएको छ । सोमबार विराटनगरमा गण्डकी प्रदेश सरकारले गण्डकी पर्यटन प्रवद्र्धन अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ र गण्डकी प्रदेशले आ–आफ्ना प्रदेश भ्रमण गर्न निमन्त्रणा दिएका हुन् । पोखरादेखि मुक्तिनाथजस्तो चर्चित र गण्डकी प्रदेश सुन्दर भएकाले प्रदेश सरकारले २०१९ देखि २२ […]
तालबाराही आरतीमा ४० हजारले गरे अवलोकन
चिप्लेढुङ्गा, १४ असोज । पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा माता तालबाराही सेवा समितिले गर्दै आएको सन्ध्या आरती कार्यक्रममा एक वर्षमा ४० हजार पर्यटकले अवलोकन गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको सङ्गीतमय महाआरती पुजन गत वर्ष असोज २४ गते घटस्थापनाका दिनबाट शुरु गरिएको हो । […]











