काठमाडौ, १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन-सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा […]
समाज
औषधि उत्पादक सङ्घको साधारणसभा
काठमाडौँ, १३ असोज । नेपाली औषधि उत्पादक व्यवसायीको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घको अधिवेशन एवम साधारणसभा असोज २९ गते काठमाडौँमा हुने भएको छ । हाल सङ्घमा ५३ व्यवसायी आवद्ध छन् । सो अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने सङ्घका अध्यक्ष दीपक दाहालले जानकारी दिए। केही कार्यकाल यता सङ्घको नेतृत्व चयन सर्वसम्मत रुपमा हुँदै आएको छ […]
फष्टाउँदै डोजर व्यवसाय
डोटी, १३ असोज । जिल्लामा पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाउन थालेको छ । यहाँका प्रत्येक गाउँपालिकाले आआफ्ना ठाउँमा सडक यातायात पु¥याउने होडबाजी चलेपछि पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाएको स्थानीयवासी बताउँछन् । जिल्लाका विभिन्न स्थानीय तहमा अहिले सडक काट्ने नाममा स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी सडक मर्मत तथा कटिङको काम शुरु भैरहेको छ […]
चुरेमाथिको अतिक्रमणले विपद् निम्तियो
घोडाघोडी, १३ असोज । चुरे क्षेत्रको अन्धाधुन्द दोहनले कैलाली जिल्लामा विपद्को जोखिम बढ्दै गएको छ । वन विनाशका कारण चुरे क्षेत्रमा वातावरणीय सन्तुलन खल्बलिएर यहाँका बासिन्दा प्रभावित भएका छन् । खेतीयोग्य जमीन पनि प्रत्येक वर्ष मासिने क्रम बढ्दै गएको छ । वर्षात्का बेला चुरे क्षेत्र मुहान रहेका नदीहरूमा बाढी आउँदा कैलालीमा प्रत्येक वर्ष जनधनको ठूलो […]
जीउँदो खसी, बोकाको मूल्य निर्धारण
काठमाडौँ, १३ असोज । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य […]
३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित
अमरगढी, १३ असोज । डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत […]
‘शाही घटना’ अनुसन्धान गर्न समिति गठन
चितवन, १३ असोज । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि […]
चाडपर्व लक्षित सुरक्षा योजना
लहान, १३ असोज । चाडपर्वलाई लक्ष्य गरी सिरहामा आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विजयादशमी, तिहार, छठलगायत चाडपर्वलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालयले सुरक्षाको विशेष कार्ययोजना लागू गरेको हो । सीमादेखि गाउँ, टोल तथा शहरी क्षेत्रमा सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । चाडपर्व अवधिभर लुटपाट, चोरी, तस्करी, सवारी […]
सडक बनाउन माग गर्दै चक्काजाम
साँखु, काठमाडौँ, १३ असोज । साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् । स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र यात्रुले सास्ती खेप्नु परेको […]
शैक्षिक संस्थामा महिनावारी हुने छात्राका पीडा
जुम्ला, १३ असोज । तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन । उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको मूलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् । कक्षा कोठाभित्र नगएर बाहिरै प्रचण्ड गर्मीमा बसेर अध्ययन […]











