ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार

काठमाडौँ, १४ असोज । राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो । उद्धार गरिएको सबैलाई […]

रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो

मस्को, १४ असोज । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो । खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक […]

खराब पूर्वाधारको प्रभाव भ्रमण वर्षमा

मुस्ताङ, १४ असोज । बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष आउन तीन महीनामात्र बाँकी छ । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने बेनी–जोमसोम–कोरलालगायत पर्यटकीयस्थलका सडक निर्माणमा भएको ढिलाइले भ्रमण वर्षलाई असर पुग्ने भएको छ । पर्यटकीयस्थल जाने यो मात्र नभइ उपत्यकाकै नगरकोट, ककनी, सुन्दरीजल, बौद्धलगायतस्थलका सडक पनि […]

बढ्यो च्याङ्ग्राको भाउ

बागलुङ, १४ असोज । यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य रु २९ हजार र मासुको प्रतिकिलो रु १४ सय पुगेको व्यापारीले बताएका छन् । गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा रु २७ हजार थियो । खरीदमै मूल्य बढी परेको व्यापारी अम्मरबहादुर खत्रीले बताउनुभयो । च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले […]

उपत्यकाका दुई प्रहरी वृत्तको उद्घाटन

काठमाडौँ, १४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने अपराध नियन्त्रण गरेमात्र आम नागरिकले प्रहरी सङ्गठनप्रति भरोसा र विश्वास गर्ने बताए । महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको आज छुट्टाछुटै उद्घाटन गर्दै उनले कानून कार्यान्वयन गरी अपराधीलाई तत्काल पक्राउ गर्नसके सबैले नेपाल प्रहरीप्रति भरोसा गर्ने बताए । “प्रविधिले मात्र […]

चट्याङ प्रतिरोधी प्रविधि जडान

चौतारा, १४ असोज । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ । चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकद्वारा जिल्लामा पहिलोपटक समुदायमा आधारित उक्त प्रविधि जडान गरिएको हो । स्थानीय मानबहादुर श्रेष्ठको घरमा जडान गरिएको उक्त […]

दुर्घटना न्यूनीकरणका लागि पृथ्वीराजर्मागमा खतराको पहिचान

दमौली, १४ असोज । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको कोत्रेदेखि मुग्लिङखण्डको प्रमुख समस्याको रुपमा रहेको खतरा पहिचान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति तनहुँको बैठकले कोत्रेदेखि मुग्लिङसम्मको ७२ किमि मूल राजमार्गमा प्रमुखरुपमा देखिने समस्या तथा खतरा पहिचान गरेको हो । पृथ्वी राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि खतरा पहिचान गरी समस्याको समाधान गर्न लागिएको प्रमुख […]

कर्णालीमा कर्मचारी अभाव कायमै

सुर्खेत, १४ असोज । सङ्घीय सरकारले समायोजन टुङ्ग्याए पनि कर्णालीमा कर्मचारी अभाव पूर्ति हुन सकेको छैन । कर्मचारी अभावले चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको छ । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले प्रदेशमा कर्मचारी समायोजनको समस्याले विकास निर्माणका काम प्रभावित भएको राससलाई जानकारी दिए । “कर्मचारी समायोजनले गर्दा यो प्रदेशमा पहिलो चौमासिकको […]

कारागारबाटै अवैध असुली

नेपालगञ्ज, १४ असोज । जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिई यहाँका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागारभित्रबाटै […]

बैतडीका ग्रामीण सडक अवरुद्ध

बैतडी, १४ असोज । दशैँ शुरु हुँदा वर्षा पनि शुरु भएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ । वर्षाका कारण अधिकांश ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो भएपछि महङ्गो भाडा तथा जोखिम मोलेर आवतजावत गर्न बाध्य हुनुपरेको स्थानीयवासीले […]