म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

डोटी, १५ असोज । जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो । दिपायल, पिपल्ला र राजपुर बजारमा […]

वैकल्पिक पेशातर्फ माझी, मुसहर र बोटे समुदाय

कावासोती, १५ असोज । नदीमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका माझी, मसुहर र बोटे समुदाय वैकल्पिक पेशातर्फ लाग्न थालेका छन् । माछा मारेर जीवनयापन गर्दै आएका उनीहरु अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । कावासोती नगरपालिका–१५ शेरगञ्जमा रहेको यो समुदाय अहिले व्यावसायिक तरकारी खेतीतर्फ लागेको छ । नदी तथा खोलामा माछा मारेर आफ्नो […]

नेपालबाट जापानमा काम गर्न जान इच्छुक सबै आवेदक ‘परीक्षामा सहभागी हुन नपाउने’

पहिलो चरणमा नेपालबाट जापान लैजाने भनिएका नर्सिङ केअरगिभर अर्थात् स्वास्थ्य सहयोगी छनोट परीक्षामा एक हजार जनालाई मात्र सहभागी गराउन सकिने जानकारी जापानबाट पाएको अधिकारीहरूले बताएका छन्। बेवसाइटमार्फत् आवेदन भर्नेहरूको सङ्ख्या धेरै हुने भएकाले परीक्षामा सहभागी हुने आवेदकको सङ्ख्या पनि बढाउन आग्रह गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। तर त्यसको उत्तर प्राप्त भइनसकेको अधिकारीहरूको भनाइ […]

शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौँ, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार घुस लिएको अभियोग उनीहरुमाथि लागेको छ । आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ […]

गाई काटेको अभियोगमा तीन पक्राउ

चितवन, १४ असोज । पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर […]

संरक्षणको पर्खाइमा थारुग्राम

घोराही, १४ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सिसहनियाँ गाउँ घोराही बजार भन्दा करीब आठ किलोमिटरको दुरीमा छ । यो गाउँमा करीब ८० घरधुरी छन् । यहाँ बसोवास गर्ने सबै जाति थारु समुदायका मात्रै हुन् । एक दशकअघि विसं २०६५ थारु कला, संस्कृति र पहिचानको जगेर्ना गर्नुपर्छ भन्दै केही थारु अगुवाको पहलमा उक्त […]

चाडबाडमा मन रुवाउँदै आश्रमवासी

महोत्तरी, १४ असोज । महोत्तरीको मनराशिशवा नगरपालिकाको सहसराम बस्तीकी ५० वर्षीया इन्द्रकला कापरको चाडबाड लाग्यो कि मन कुँडिन्छ । कुष्ठरोगले गाँजेर धनुषाको लालगढ कुष्ठरोग अस्पतालमा उपचारपछि त्यहींँकै अनाथ आश्रममा आश्रय लिँदै आएकि कापरलाई घरपरिवारले खोजी नगरेपछि चाडबाडमा उनको मन रुन्छ । “देखु हजुर, दशहरा पावैन आयल, मुदा हमर घर स कोनो खोजीपुछारी नई अई” हेर्नोस् […]

बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाइनुपर्ने:भट्टराई

काठमाडौँ, १४ असोज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तत्काल अगाडि बढाइनुपर्नेमा गोरखा जिल्लाका राजनीतिक नेतृत्वले जोड दिएका छन् । गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले गोरखाका साथै मुलुकलाई नै समृद्ध बनाउने सो परियोजना निर्माणमा कुनै […]

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

बैतडी, १४ असोज । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना यही असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि बन्द हुने बैतडीका प्रमुख जिल्ला […]

आपराधिक घटना रोक्न प्रहरी सक्रिय

बाँके, १४ असोज । गाउँ, बस्ती, शहर, बजार सबैतिर दशैंको रौनक शुरु भइसकेको छ । कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन् । आफन्तहरु एकापसमा भेला हुन शुरु भइसकेको छ । परदेश गएकाहरु घर फर्किँदैछन् । कोही किनमेलमा ब्यस्त छन् । दशैंमा बलि चढाउन र मासुका लागि खसीबोकाको जोहो हुँदैछ । चाडपर्वको […]