रानीमहल क्षेत्रमा पहिरो खस्दा पर्यटक पैदलयात्रा गर्न बाध्य

पाल्पा, १५ असोज । ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन । सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य छन् । तानसेन–रानीमहल सडक खण्डको गाईघाट नजिकै पहिरो खसेको थियो । पहिरो हटाउने काम नहुँदा तानसेनदेखि ऐतिहासिक, महत्व बोकेको पर्यटकीय क्षेत्र आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ […]

वर्षौंदेखि मुक्त हलियाको जङ्गलमा बास

पर्शुरामधाम, १५ असोज । गन्यापधुरा गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको तस्वीरलाई सरकारले निकालेको मुक्त हलिया परिचयपत्रमा रङ्गीन कभरको तस्वीर त बनायो तर, उनी स्वयंले ११ वर्ष बितिसक्दासम्म पनि परिचयपत्र पाएका छैनन् । उनी भन्छन् – “मैले हलो जोतेको फोटो हलियाहरुलाई दिइएको परिचयपत्रमा आयो तर, मैले अहिलेसम्म पनि परिचयपत्र पाउन सकेको छैन ।” सरकारले […]

एकैदिन ५० जना बढीलाई बौलाहा कुकुरले टोके पछि

जलेश्वर, १५ असोज ।  महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । कुकुरबाट […]

कुखुरा पालेरै भुसालले जोड्दिए १५ बिघा जमीन

चितवन, १५ असोज । निरन्तर सङ्घर्ष ग¥यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चूडामणि भुसालले दिएका छन । २२ वर्ष अघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा शुरु गरेका भुसालको फार्ममा अहिले एक लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन् । भरतपुर महानगरपालिका–२३ जगतपुरका ४२ वर्षीय भुसालले विसं २०५४ मा आफ्नै घरसँगै खोर […]

ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

नेपालगञ्ज, १५ असोज । नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमाआउन अनुरोध गरेको छ । छानबिनका क्रममा नेपालगञ्ज, वैजापुर र खजुरा शाखाबाट ऋण प्रवाह भएको देखिएको हुँदा उक्त कुरा सही हो वा होइन भनी जाँचबुझ गर्न ऋणीलाई सम्पर्कमा आउन भनिएको हो । […]

ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पाल्पाको भैरव मन्दिरमा भक्तजनलाई नि: शुल्क यातायात

पाल्पा,असोज १५ । प्रशिद्ध भैरवनाथ मन्दिरमा आउने भक्तजनलाई सुबिधा होस् भनेर भैरवस्थान मन्दिरले तीन दिन निशुल्क यातायात सञ्चालन गर्ने भएको छ । दशैँको सप्तमी देखि नवमीसम्म मन्दिरमा पुजाका लागि आउने भक्तजनलाई यात्रा गर्न सहज हुने गरी निशुल्क यातायातको व्यवस्था गरिएको हो । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पाल्पाको भैरव मन्दिरमा दशैँको बेलामा पुजा गर्न आउने […]

सीमामा स्वदेश फर्कने नेपालीलाई दुःख

बाँके, १५ असोज । भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख […]

उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै

डोल्पा १५ असोज । उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ । शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकरालनै भएको वीरअस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले […]

पुलको माग गर्दै २५ दिनदेखि अनशन

बैतडी, १५ असोज । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ । अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए । झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल […]

अझै भट्टीमा सुकाइन्छ अलैँची

इलाम, १५ असोज । भारतलगायत तेस्रो मुलुकबाट गुणस्तरीय अलैँचीको माग बढे पनि नेपालबाट भने अझै गुणस्तरहीन अलैँची नै निकासी हुने गरेको छ । विशेषगरी अलैँची सुकाउन परम्परागत पद्धति नै अपनाउनाले पनि नेपालबाट कम गुणस्तरीय अलैँची नै विश्व बजारमा जाने गरेको छ । अलैँची सुकाउनका लागि सुधारिएका भट्टी आए पनि किसानले त्यसको प्रयोग नगर्नाले धुँवा र […]